ओलीको गृहनगर दमकमा एमालेका उम्मेदवार सिफारिस
नेकपा (एमाले)ले पार्टी अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमक नगरपालिकामा उम्मेदवार सिफारिस गरेको छ । एमालेका पोलिटब्युरो सदस्य तथा झापाका पूर्वमन्त्री हिक्मत कार्कीका अनुसार प्रमुखमा हालकी उपमेयर गीता अधिकारीसहित ३ जनाको नाम सिफारिस गरेको हो । सिफारिस हुने अन्यमा प्रदेश सदस्य अम्बिका खनाल र होम थापा रहेका छन् ।
एमालेले हालका प्रमुख रोमनाथ ओलीलाई भने सिफारिस गरेको छैन । यस्तै उपप्रमुखमा एमालेले इन्द्र भण्डारी, लीला दाहाल र निर्मला पाठकलाई सिफारिस गरेको छ । भण्डारी तत्कालिन ओलीको स्वकीय सचिवालयमा थिए । यस्तै प्रमुखमा सिफारिस भएकी अधिकारी एमालेको केन्द्रीय सदस्य समेत हुन् ।
कार्कीले झापाका अन्य पालिकामा मतदानमार्फत उम्मेदवारको टुंगो लगाउने प्रक्रिया जारी रहेको बताए । ‘झापामा कहीँ मतदान गर्दैछौं । कहीँ सर्वसम्मत सिफारिस भएको छ । केही पालिकामा मिलाउन बाँकी छ,’ कार्कीले भने, ‘एक दुई दिनमा सबै उम्मेदवारको टुंगो लगाउँछौं ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
