ओलीको गृहनगर दमकमा एमालेका उम्मेदवार सिफारिस

नेकपा (एमाले)ले पार्टी अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमक नगरपालिकामा उम्मेदवार सिफारिस गरेको छ । एमालेका पोलिटब्युरो सदस्य तथा झापाका पूर्वमन्त्री हिक्मत कार्कीका अनुसार प्रमुखमा हालकी उपमेयर गीता अधिकारीसहित ३ जनाको नाम सिफारिस गरेको हो । सिफारिस हुने अन्यमा प्रदेश सदस्य अम्बिका खनाल र होम थापा रहेका छन् ।
एमालेले हालका प्रमुख रोमनाथ ओलीलाई भने सिफारिस गरेको छैन । यस्तै उपप्रमुखमा एमालेले इन्द्र भण्डारी, लीला दाहाल र निर्मला पाठकलाई सिफारिस गरेको छ । भण्डारी तत्कालिन ओलीको स्वकीय सचिवालयमा थिए । यस्तै प्रमुखमा सिफारिस भएकी अधिकारी एमालेको केन्द्रीय सदस्य समेत हुन् ।
कार्कीले झापाका अन्य पालिकामा मतदानमार्फत उम्मेदवारको टुंगो लगाउने प्रक्रिया जारी रहेको बताए । ‘झापामा कहीँ मतदान गर्दैछौं । कहीँ सर्वसम्मत सिफारिस भएको छ । केही पालिकामा मिलाउन बाँकी छ,’ कार्कीले भने, ‘एक दुई दिनमा सबै उम्मेदवारको टुंगो लगाउँछौं ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्रपा नेपालले वैशाख १५ गते काठमाडौँमा जनप्रदर्शन गर्ने
-
अमेरिकाबाट डिपोर्ट भई नेपाल आएका चार भुटानी शरणार्थीलाई बन्दीगृहमा नराख्नू : सर्वोच्च अदालत
-
पहलगाम आक्रमणकारीहरूको तस्बिर सार्वजनिक, पुरस्कार घोषणा
-
शिक्षकका समस्या वार्ताबाट समाधान गर्छु : नवनियुक्त शिक्षामन्त्री पन्त
-
भारतले बन्द गरिदियो पाकिस्तानीको मेडिकल भिसा पनि
-
एमालेको ‘युथ सेलिब्रेशन’ कार्यक्रम : तस्बिरमा हेर्नुहोस् नेतादेखि युवाहरूको नाच