दमक नगरपालिकाको मेयरमा राप्रपाबाट थापाको उम्मेदवारी घोषणा

राप्रपाले झापाको दमक नगरपालिकामा राम थापालाई उमेदवार बनाउने घोषणा गरेको छ । शनिबार पार्टीको दमकमा आयोजित विशाल आमसभामार्फत स्थानीय तहको निर्वाचनमा थापाको उम्मेदवारी घोषणा भएको हो ।
राप्रपाको प्रदेश नम्बर–१ को अध्यक्ष समेत रहेका थापा दमक नगरपालिकाका पूर्व प्रमुख पनि हुन् । उनी दमकका लोकप्रिय राजनीतिक र सामाजिक राजनीतिकर्मीको रुपमा परिचित छन् । झापामा राप्रपाको संगठन प्रभावकारी रहेको छ । झापाको क्षेत्र नं ३ मा राप्रपाले प्रतिनिधिसभाको निर्वाचन जितेको थियो । प्रतिनिधिसभा निर्वाचनमा सो पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले काँग्रेस नेता कृष्णप्रसाद सिटौलालाई पराजित गरेका हुन् ।
दमकमा शनिबार आयोजित आमसभामा थुप्रै व्यक्ति राप्रपामा प्रवेश गरेका छन् । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले मेयर पदमा उम्मेदवारी घोषणा गरेका थापालाई विजयको शुभकामना दिएका छन् । नेकपा एमालेका अध्यक्ष केपी ओलीको निर्वाचन क्षेत्रमा राप्रपाले आज शक्ति प्रदर्शन गरेको हो । वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेको सडक प्रदर्शन सत्ताको दुरुपयोग : नेतृ साह
-
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य
-
बढ्यो कोशी प्रदेशको आम्दानी, सञ्चित खातामा ५ अर्ब ६२ करोड ७५ लाख
-
आइतबारदेखि काठमाडौँ उपत्यकाको तापक्रम घट्ने
-
महाभूकम्पको १० वर्षमा यस्तो बन्यो वसन्तपुर क्षेत्र (तस्बिरहरू)
-
सम्झौताको सात वर्षसम्म फिर्केमा पुल नबनेपछि ठेक्का तोडियो