शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

एमालेले मदनको दुर्नाम गर्‍यो, जबजमाथि कुठाराघात : माधव नेपाल

शनिबार, २६ चैत २०७८, १६ : ४६
शनिबार, २६ चैत २०७८

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमाले नामको पार्टी केपी ओलीको ‘प्राइभेट कम्पनी’ भएको बताएका छन् । शनिबार काठमाडौंमा पार्टीले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले मदन भण्डारीको र जनताको बहुदलीय जनवादको नाम लिएर ओलीले पार्टीलाई अलोकतान्त्रिक तरिकाले चलाइरहेको बताए । 

‘मदन भण्डारी र जनताको बहुदलीय जनवादको कुरा गरेर अलोकतान्त्रिक तरिकाले जबजको मूल मान्यतालाई समाप्त पार्दै एमाले नामको पार्टी केपी ओलीको प्राइभेट कम्पनी चलिरहेको छ’, नेता नेपालको भनाइ छ । उनले एमालेले मदन भण्डारीको नामको दुर्नाम गरिरहेको पनि बताए । 

‘त्यसले मदन भण्डारीको नामको दुर्नाम गरिरहेको छ । जबजको मान्यतामा कुठराघात गरेको छ’, अध्यक्ष नेपालको भनाइ छ ।  अध्यक्ष नेपालले आफ्नो पार्टी सुदूरपश्चिममा सबैभन्दा ठुलो, मधेसमा केपी ओलीको पार्टीलाई धकेलेको तथा कर्णाली, गण्डकी र वागमतीमा पनि संगठन सुदृढ बन्दै गएको बताए । 

आफ्नो पार्टीले जनताको सेवा गर्ने विचारलाई मार्क्सवाद, लेनिनवाद र समाजवादको मुल मर्मलाई आत्मसात गरेको भन्दै लोकतान्त्रिक मूल्य र मान्यताबाट विचलित नहुने अध्यक्ष नेपालको दावी छ ।

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप