शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

जनतामा हाम्रो पार्टीको आकर्षण बढेको छ,एमाले पछि पर्दैछ : अध्यक्ष नेपाल

शनिबार, २६ चैत २०७८, १६ : ४०
शनिबार, २६ चैत २०७८

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले जनतामा आफ्नो पार्टीको आकर्षण बढेको दाबी गरेका छन् । पार्टीले लिएको विचारका कारणले जनताको माझ पार्टीको आकर्षण बढेको उनले बताएका हुन् ।

राजधानीमा आयोजित पार्टीको जनसभालाई सम्बोधन गर्दै नेपालले भने, ‘हाम्रो पार्टीमा युवाहरूको आकर्षण बढेको छ । पार्टी प्रवेशको लहर चलेको छ ।’  विभिन्न प्रदेशमा पार्टी सशक्त रूपमा उदाएको बताउँदै धेरै ठाउँमा नेकपा एमालेलाई समेत पछि पारेको उनले जिकिर गरे । 

उनले एकीकृत समाजवादी पार्टी कम्युनिस्ट आन्दोलनको उत्तराधिकारी भएको बताउँदै कम्युनिस्ट आन्दोलनलाई जोगाउने जिम्मेवारी आफ्नो पार्टीको काँधमा आएको पनि बताए ।  नेकपा एमाले दक्षिणपन्थी अवसरवादतर्फ ढल्किएको र  पार्टी नेतृत्व कम्युनिस्ट आन्दोलनबाट विचलित भएपछि आफूहरू त्यहाँ बस्न नसकेको उनको भनाइ थियो ।

‘एमाले पार्टीको रूपमा पनि रहेन । सानो गुटमा सीमित हुन पुगेको छ । व्यक्तिको वर्चस्वमा चलिरहेको समूह हुन पुगेको छ ।’ समाजवादको झण्डा बुलन्द गर्नका लागि अर्को पार्टी निर्माण गर्नैपर्ने बाध्यता आएको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप