जनतामा हाम्रो पार्टीको आकर्षण बढेको छ,एमाले पछि पर्दैछ : अध्यक्ष नेपाल
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले जनतामा आफ्नो पार्टीको आकर्षण बढेको दाबी गरेका छन् । पार्टीले लिएको विचारका कारणले जनताको माझ पार्टीको आकर्षण बढेको उनले बताएका हुन् ।
राजधानीमा आयोजित पार्टीको जनसभालाई सम्बोधन गर्दै नेपालले भने, ‘हाम्रो पार्टीमा युवाहरूको आकर्षण बढेको छ । पार्टी प्रवेशको लहर चलेको छ ।’ विभिन्न प्रदेशमा पार्टी सशक्त रूपमा उदाएको बताउँदै धेरै ठाउँमा नेकपा एमालेलाई समेत पछि पारेको उनले जिकिर गरे ।
उनले एकीकृत समाजवादी पार्टी कम्युनिस्ट आन्दोलनको उत्तराधिकारी भएको बताउँदै कम्युनिस्ट आन्दोलनलाई जोगाउने जिम्मेवारी आफ्नो पार्टीको काँधमा आएको पनि बताए । नेकपा एमाले दक्षिणपन्थी अवसरवादतर्फ ढल्किएको र पार्टी नेतृत्व कम्युनिस्ट आन्दोलनबाट विचलित भएपछि आफूहरू त्यहाँ बस्न नसकेको उनको भनाइ थियो ।
‘एमाले पार्टीको रूपमा पनि रहेन । सानो गुटमा सीमित हुन पुगेको छ । व्यक्तिको वर्चस्वमा चलिरहेको समूह हुन पुगेको छ ।’ समाजवादको झण्डा बुलन्द गर्नका लागि अर्को पार्टी निर्माण गर्नैपर्ने बाध्यता आएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘महिला अधिकार, समानता र सामाजिक न्यायका पक्षमा सशक्त आवाज उठाउने साझा संसदीय मञ्च विकास गराैँ’
-
भारत भ्रमणपछि रवि लामिछाने थप शक्तिशाली बन्दैछन् ?
-
एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय
-
बागमतीमा कार्यालयहरूको सङ्ख्या २०१ बाट १९१ मा झारियो
-
अन्तर–कलेज बास्केटबल प्रतियोगिताको उपाधि गोल्डेन गेट कलेजलाई
-
गर्मीमा कति दिनसम्म सुरक्षित रहन्छ अन्डा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण