चुनावी घोषणापत्र सार्वजनिक गर्ने पहिलो दल बन्यो राप्रपा नेपाल, भोट माग्न ५ आधार
कमल थापा नेतृत्वको राप्रपा नेपालले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। स्थानीय तह निर्वाचनको घोषणापत्र सार्वजनिक गर्ने राप्रपा नेपाल पहिलो दल बनेको छ। घोषणापत्रमा प्रमुख राजनीतिक दलहरुमा कायम रहेको सैद्धान्तिक विचलन, आन्तरिक विवाद एवं ह्रासोन्मुख नेतृत्व क्षमताको पृष्ठभूमिमा देशलाई अहिले एउटा बलियो नयॉ वैकल्पिक राष्ट्रवादी लोकतान्त्रिक शक्तिको आवश्यक रहेको र त्यसमा राप्रपा सफल हुने उल्लेख गरिएको छ ।
सो पार्टीले राप्रपा नेपालका उम्मदेवारहरुलाई मत दिएर छान्नु पर्ने कारणहरूका रुपमा ५ कारण उल्लेख गरेको छ । राप्रपा नेपाल स्थानीय धार्मिक–सॉस्कृतिक पहिचान सहितको हिन्दूराष्ट्र पुनस्र्थापना प्रमुख कार्यनीति भएको एकमात्र दल भएको उल्लेख गरिएको छ । यस्तै राप्रपा नेपालले जनताको सर्वोच्चतालाई ग्रहण गरेकोले सुन्ने, हेर्ने र बोल्ने राजसंस्थाको पक्षमा नहुने उल्लेख गरिएको छ ।
यस्तै पार्टीले राष्ट्रिय निर्माता पृथ्वीनारायण शाहलाई आदर्श पुरुष मान्नुका साथै पृथ्वीनारायण शाहको दिव्यउपदेशलाई आफ्नो पार्टीको मार्गनिर्देशक सिद्धान्त मान्न्े उल्लेख गरेको छ । यस्तो मान्यता अरु कुनै पनि पार्टीहरुले दिएका छैनन् ।
राप्रपा नेपालले नेपालको माटोमा प्रवर्धित सम्वद्र्धनवादलाई पार्टीको मूल दर्शनको रुपमा आत्मसात गरेको र अरू पार्टीहरुले भने मार्क्सवाद, लेनिनवाद, माओवाद, पूँजीवाद जस्ता आयातित विचारलाई मूलमन्त्र बनाएको उल्लेख गरिएको छ ।
नेपालका अधिकांश प्रमुख दलहरु विदेशी भूमीमा गठन भएको जिकिर गर्दै राप्रपा नेपाल मात्रै आफ्नै देशमा मुलुकको आवश्यकतालाई बुझेर संगठित भएकाले भोट दिइनुपर्ने जिकिर गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
-
आन्दोलनमा ध्वस्त भएका सिंहदरबार र सर्वोच्च अदालत कसरी हुँदैछ पुनर्निर्माण ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
