निजी क्षेत्र र एडीबीको लगानीबाट उत्पादित बिजुली किन्न भारत सहमत
भारतले नेपालबाट निजी क्षेत्र र एसियाली विकास बैंकको लगानी रहेका आयोजनाबाट समेत गरेर थप ३२५ मेगावाट विद्युत् किन्न सहमति जनाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा भ्रमणका क्रममा भारतीय पक्षले नेपालबाट कुल ३५४ मेगावाट बिजुली बेच्न विद्युत् प्राधिकरणलाई सहमति दिएको हो ।
यसअघि, नेपालबाट भारततर्फ ३९ मेगावाट बिजुली निर्यात हुँदै आएको थियो । दोलखाको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको निर्माण सकिएर उत्पादन थालेसँगै नेपालबाट भारततर्फ बिजुली निर्यात सुरु भएको हो । माथिल्लो तामाकोसीबाट असार २१ देखि व्यावसायिक रूपमै बिजुली उत्पादन थालेको थियो ।
यससँगै, नेपालमा यो वर्ष २०७८ मा ५०० मेगावाटसम्म बिजुली खेर गएको थियो । भारतले नेपालबाट बिजुली किन्न नमान्दा उक्त परिमाणको बिजुली ५ महिनासम्म खेर गयो । जुन, आगामी वर्ष २०७९ मा खेर नजाने गरी भारतसँग सहमति भएको हो । भारतसँगको सम्झौतासँगै आगामी वर्ष नेपालको बिजुली खेर नजाने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जानकारी दिएको छ ।
भारतले अब विद्युत् प्राधिकरणको स्वामित्वमा रहेको कालिगण्डकी ‘ए’बाट उत्पादित १४० मेगावाट बिजुली किन्ने छ । यस्तै, मध्य मर्स्याङ्दीबाट ६८ मेगावाट, मर्स्याङ्दीबाट ६७ मेगावाट बिजुली किन्ने छ । यसै गरी, निजी क्षेत्रबाट ग्रिन भेन्चरबाट ५१ मेगावाट बिजुली गरी कुल ३२५ मेगावाट बिजुली किन्ने भारतले किन्ने भएको हो । यी आयोजनाहरूको उत्पादन क्षमता बढी भए पनि खेर जाने बिजुली हिसाब गरेर उक्त परिमाणको बिजुली भारतले किन्ने प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले जनाए ।
यसअघि, २०७८ कात्तिकदेखि भारतले प्राधिकरणकै स्वामित्वमा रहेको त्रिशूलीबाट २४ मेगावाट र देवघाटको १५ गरी कुल ३९ मेगावाट बिजुली किनेको थियो । प्राधिकरणले भारतलाई मङ्सिर २१ गतेसम्म उक्त परिमाणको बिजुली भारतीय ऊर्जा एक्सचेञ्जमार्फत प्रतिस्पर्धाका आधारमा बेचेको थियो । मङ्सिर लागेसँगै प्राधिकरणले नेपालको उत्पादन घट्दा स्वदेशी माग धान्न भारतबाटै आयात गर्दै आएको छ ।
यसअघि, भारतीय र नेपालको लगानी रहेका आयोजनाबाट मात्रै बिजुली किन्ने बताउँदै आएको थियो । यद्यपि, प्रधानमन्त्री देउवाको भारत भ्रमणका क्रममा एसियाली विकास बैंक र नेपालका निजी क्षेत्रको लगानी रहेका आयोजनाबाट उत्पादित बिजुली समेत किन्ने सहमति जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिविको जग्गा छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्न सरकारलाई शिक्षा समितिको निर्देशन
-
स्वास्थ्य बिमामा आबद्ध कसरी हुने ?
-
सोहेल र सन्तोषको शानदार ब्याटिङ, नेपालद्वारा २ सय ९८ रनको विशाल लक्ष्य प्रस्तुत
-
आफ्नो ड्रिम प्रोजेक्ट ‘महाभारत’ बनाउन किर डराउँछन् आमिर ?
-
हरेक दिन थोरै वाइन पिउनु मुटुको लागि स्वस्थकर : अध्ययन
-
केही लागेन चितवन राइनोजको, कर्णाली याक्स क्वालिफायरमा