नेपालले भारतलाई थप ३२५ मेगावाट बिजुली बेच्ने

नेपालले भारतीय विद्युत् ऊर्जा बजारमा प्रतिस्पर्धी दरमा थप ३२५ मेगावाट विद्युत् बिक्रीको अनुमति पाएको छ । भारतको विद्युत् मन्त्रालय अन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले नेपाल विद्युत् प्राधिकरणलाई भारतीय विद्युत् बजारमा थप ३२५ मेगावाट विद्युत् बिक्री गर्न स्वीकृति दिएको हो ।
यसअघि २०७८ कात्तिकमा पहिलो चरणमा ३९ मेगावाट विद्युत् भारतीय ऊर्जा एक्सचेन्जमा बिक्री गर्न स्वीकृति दिएको थियो । योसँगै नेपालले भारतीय बजारमा ३६४ मेगावाटसम्म विद्युत् विक्री गर्न प्रवेश पाउने भएको छ । नेपालले थप विद्युत् निर्यातका लागि स्वीकृति पाएसँगै प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा उनका समकक्षी नरेन्द्र मोदीसँग भएको सहमति कार्यान्वयनको चरणमा प्रवेश गरेको ऊर्जा मन्त्रालयले जनाएको छ ।
यसबाट वर्षा याममा उत्पादित विद्युत् मुलुकभित्र खपत गरी अतिरिक्त विद्युत्को निर्यात भई दुई देशबीचको व्यापार घाटामा कमी आइ अर्थतन्त्रमा सकारात्मक योगदान पुग्ने मन्त्रालयले आशा व्यक्त गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार र यातायात व्यवसायीबिच सिंहदरबारमा वार्ता
-
सस्तो रक्सीको भन्सार घटेको पाएपछि सरकारले सच्यायो आर्थिक विधेयक
-
अन्योलपूर्ण अवस्था, नयाँ प्रशिक्षकको आगमनले जुराएको संयोग र साख जोगाउने ‘हुटहुटी’
-
कोलोराडोमा भएको घटनालाई इजरायली विदेशमन्त्रीले भने ‘यहुदी विरोधी’
-
नेपाल बुद्धिजीवी परिषद्को अध्यक्षमा थपलिया निर्वाचित
-
साउदी अरबमा २ लाख ६९ हजार हज यात्रीलाई मक्का प्रवेशमा रोक