आयोग पुगेको एमालेले किन गरेन आचारसंहिता प्रतिज्ञापत्रमा हस्ताक्षर ?

नेकपा एमाले निर्वाचन आचार संहिता प्रतिज्ञापत्रमा हस्ताक्षर नगरी निर्वाचन आयोगबाट फर्किएको छ । मंगलबार निर्वाचन आयोगले बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा सहभागी हुुने ७९ दललाई हामी आचार संहिता पालना गर्न प्रतिबद्ध छौँ भन्ने प्रतिज्ञा पत्रमा हस्ताक्षर गर्नका लागि बोलाएको थियो । सो कार्यक्रममा सहभागी भएका एमालेका प्रतिनिधि भने प्रतिज्ञापत्रमा हस्ताक्षर नगरी फर्किएका हुन् ।
कार्यक्रममा होहल्ला भएको भन्दै हस्ताक्षर नगरेको एमाले निर्वाचन विभाग उपप्रमुख निरज आर्चायले रातोपाटीलाई जानकारी दिए ।
रातोपाटीसँग कुरा गर्दै आर्चायले भने–‘निर्वाचन आचार संहिता पालन गर्न एमाले प्रतिबद्ध छ, पालना गर्छ । सरकारले पनि गर्नुपर्छ । निर्वाचन आयुक्तहरुले पनि पालना गर्नुपर्छ भन्ने मान्यता राख्छ । आज भएको कार्यक्रमा साना दल र निर्वाचन आयुक्त बिच अश्वभाविक किसिमको वादविवाद, नाराबाजी भयो । त्यो किसिमको वातावरणमा हस्ताक्षर गर्ने अवस्था नै थिएन । हामी फर्केर आयौं, अरुको पनि हस्ताक्षर गर्न छुटेको होला, हाम्रो पनि छुटेको छ ।’
छलफलमा एमालेका तर्फबाट कानुन विभाग प्रमुख रमेश बडाल र निर्वाचन विभाग उपप्रमुख निरज आचार्य कार्यक्रममा सहभागी थिए ।
यता आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले दलका प्रतिनिधिहरू चिया खाजा खान गएको हुँदा हस्ताक्षर छुटेको हुनसक्ने दावी गरे । मंगलबार ७९ दललाई आचार संहिता प्रतिज्ञा पत्रमा हस्ताक्षर गर्न बोलाएपनि दलहरूलाई आयोगले बोल्न समय नदिएपछि दलका प्रतिनिधिहरू आयोगमाथि खनिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ग्रिनल्यान्डको संसदीय चुनावमा अति राष्ट्रवादी पार्टीलाई सबैभन्दा बढी मत प्राप्त
-
कर्णाली मन्त्रिपरिषद् बैठक : के–के भए निर्णय ?
-
पक्लिहवा कृषि क्याम्पसमा निर्वाचन अधिकृतको राजीनामा माग्दै तालाबन्दी
-
लोकतन्त्रमा पूर्वराजाले पनि आफ्नो पक्षमा जनमत निर्माण गर्न पाउँछन् : अध्यक्ष राई
-
न्यून भिजिविलिटीका कारण विमान आकाशमै ‘होल्ड’
-
महेन्द्र मोरङ क्याम्पसमा नेविसंघको गुण्डागर्दी : निर्वाचन प्रमुखलाई कोठामा थुनेर आगो लगाइयो, प्रहरीद्वारा उद्धार