आयोग पुगेको एमालेले किन गरेन आचारसंहिता प्रतिज्ञापत्रमा हस्ताक्षर ?
नेकपा एमाले निर्वाचन आचार संहिता प्रतिज्ञापत्रमा हस्ताक्षर नगरी निर्वाचन आयोगबाट फर्किएको छ । मंगलबार निर्वाचन आयोगले बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा सहभागी हुुने ७९ दललाई हामी आचार संहिता पालना गर्न प्रतिबद्ध छौँ भन्ने प्रतिज्ञा पत्रमा हस्ताक्षर गर्नका लागि बोलाएको थियो । सो कार्यक्रममा सहभागी भएका एमालेका प्रतिनिधि भने प्रतिज्ञापत्रमा हस्ताक्षर नगरी फर्किएका हुन् ।
कार्यक्रममा होहल्ला भएको भन्दै हस्ताक्षर नगरेको एमाले निर्वाचन विभाग उपप्रमुख निरज आर्चायले रातोपाटीलाई जानकारी दिए ।
रातोपाटीसँग कुरा गर्दै आर्चायले भने–‘निर्वाचन आचार संहिता पालन गर्न एमाले प्रतिबद्ध छ, पालना गर्छ । सरकारले पनि गर्नुपर्छ । निर्वाचन आयुक्तहरुले पनि पालना गर्नुपर्छ भन्ने मान्यता राख्छ । आज भएको कार्यक्रमा साना दल र निर्वाचन आयुक्त बिच अश्वभाविक किसिमको वादविवाद, नाराबाजी भयो । त्यो किसिमको वातावरणमा हस्ताक्षर गर्ने अवस्था नै थिएन । हामी फर्केर आयौं, अरुको पनि हस्ताक्षर गर्न छुटेको होला, हाम्रो पनि छुटेको छ ।’
छलफलमा एमालेका तर्फबाट कानुन विभाग प्रमुख रमेश बडाल र निर्वाचन विभाग उपप्रमुख निरज आचार्य कार्यक्रममा सहभागी थिए ।
यता आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले दलका प्रतिनिधिहरू चिया खाजा खान गएको हुँदा हस्ताक्षर छुटेको हुनसक्ने दावी गरे । मंगलबार ७९ दललाई आचार संहिता प्रतिज्ञा पत्रमा हस्ताक्षर गर्न बोलाएपनि दलहरूलाई आयोगले बोल्न समय नदिएपछि दलका प्रतिनिधिहरू आयोगमाथि खनिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण