शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

पोखरा महानगरमा थपिए सबैभन्दा धेरै मतदाता, उपमहानगरमा घोराही अगाडि

यस्तो छ देशका ६ महानगर र ११ उपमहानगरमा फेरिएको मतदाताको अवस्था (विवरणसहित)
आइतबार, २० चैत २०७८, १६ : ०९
आइतबार, २० चैत २०७८

२०७४ सालमा भएको निर्वाचनको बेला भन्दा आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मतदाता सङ्ख्या बढेको छ । हामीले आगामी निर्वाचनका सन्दर्भमा देशमा ६ महानगरपालिका र ११ उपमहानगरपालिकामा फेरिएको मतदाता सङ्ख्या प्रस्तुत गरेका छौँ ।

बितेको ५ वर्षमा विराटनगर महानगरपालिकामा १९ हजार ३ सय ८१ मतदाता बढेका छन् । काठमाडौँ महानगरपालिकामा २० हजार ९ सय ३३ मतदाता बढेका छन् । ललितपुर महानगरपालिकामा ९ हजार ९ सय ६८ मतदाता बढेका छन् । यस्तै पोखरा महानगरपालिकामा ३९ हजार ६ सय ४३ मतदाता बढेका छन् । भरतपुर महानगरपालिकामा ३५ हजार ४७८ मतदाता बढेका छन् । वीरगन्ज महानगरपालिकामा १६ हजार १४६ मतदाता बढेका छन् । 

यस्तै देशका ११ उपमहानगरहरू अन्तर्गत इटहरी उपमहानगर पालिकामा २६ हजार ९२९ मतदाता बढेका छन् । धरान उपमहानगर पालिकामा २१ हजार ३४ मतदाता बढेका छन् । जीतपुर सिमरा उपमहानगरपालिमा १३ हजार ४०४ मतदाता, जनकपुर उपमहानगर पालिकामा ११ हजार १७५ मतदाता, कलैया उपमहानगर पालिकामा १३ हजार ८६६ मतदाता, हेटौँडा उपमहानगर पालिकामा  २० हजार ८३४ मतदाता, बुटवल उपमहानगर पालिकामा २३ हजार ४०२ मतदाता, घोराही उपमहानगर पालिकामा ३४ हजार ५०० मतदाता, तुलसीपुर उपमहानगर पालिका ३० हजार ७८४ मतदाता, नेपालगञ्ज उपमहानगर पालिका १९ हजार ३९७ मतदाता र धनगढी उपमहानगर पालिकामा १६ हजार ७२१ मतदाता थपिएका छन् । 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप