प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदीबीच भेटवार्ता
प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र दामोदर मोदीबीच भेटवार्ता सुरु भएको छ । प्रधानमन्त्रीद्वयबीच नयाँदिल्लीस्थित हैदराबाद हाउसमा भेटवार्ता सुरु भएको हो । हैदराबाद हाउसमा प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री मोदीबीच वान टू वान वार्ता हुँदैछ ।
त्यसपछि ११ः४५ देखि १२ः१५ सम्म दुई देशका प्रतिनिधिमण्डलबीच वार्ता हुँदैछ भने १२ः१५ देखि १२ः३० बजेसम्म विभिन्न सम्झौतामा हस्ताक्षर हुँदैछ । सम्झौतामा हस्ताक्षर गरेपछि प्रधानमन्त्री मोदीले प्रधानमन्त्री देउवाको सम्मानमा दिवा भोजको आयोजना गर्नेछन् ।
दिउँसो १ः३० बजेदेखि १ः३५ बजेसम्म प्रधानमन्त्री देउवाले आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ । त्यहाँबाट होटल फर्केर साँझ ५ः३० बजे भारतीय व्यवसायीहरूसँगको अन्तरक्रियामा प्रधानमन्त्री देउवाले भाग लिने कार्यतालिका तय गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘समुन्नत राष्ट्र निर्माण गर्न लोकतान्त्रिक प्रणाली सबैभन्दा उत्तम’
-
१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण
-
धनुषाबाट अपहरण गरेर भारत लैजाँदै गरेको अवस्थामा ५ जना पक्राउ
-
चीनमा देव गुरुङले भने– नेपालमा माओवादीकै विचारको वरिपरि राजनीति छ
-
निर्वाचनका कारण पूर्वी सिमानाका बन्द
-
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा