शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

देउवा र मोदीबीच आधा घण्टा वान–टू–वान वार्ता, यस्तो छ आजको कार्यतालिका

शनिबार, १९ चैत २०७८, ०९ : ०७
शनिबार, १९ चैत २०७८

प्रधानमन्त्री शेरबहादुर देउवा भारतको औपचारिक भ्रमणमा रहेका छन् । प्रधानमन्त्री देउवा शुक्रबार भारतको राजधानी नयाँ दिल्ली पुगेका हुन् ।

भ्रमणको दोस्रो दिन आज प्रधानमन्त्री देउवाले भारतीय समकक्षी नरेन्द्र दामोदर मोदीलाई भेट्ने कार्यतालिका रहेको छ । त्यसअघि बिहान १०ः२५ बजे राजघाट जाने र १०ः४० बजे महात्मा गान्धीको समाधि स्थलमा फूलामाला अर्पण गर्ने तथा एक मिनेट मौनधारण गर्ने कार्यतालिका तय गरिएको छ ।

त्यसपछि १०ः५५ बजे देउवासहितको टोली हैदराबाद हाउसका लागि प्रस्थान गर्नेछन् । ११ः१० मा हैदराबाद हाउस पुगेपछि ११ः१५ देखि ११ः४५ बजे प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री मोदीबीच वान टू वान वार्ता हुनेछ । 

११ः४५ देखि १२ः१५ सम्म दुई देशका प्रतिनिधिमण्डलबीच वार्ता हुनेछ भने १२ः१५ देखि १२ः३० बजेसम्म विभिन्न सम्झौतामा हस्ताक्षर हुनेछ । सम्झौतामा हस्ताक्षर गरेपछि प्रधानमन्त्री मोदीले प्रधानमन्त्री देउवाको सम्मानमा दिवा भोजको आयोजना गर्नेछन् । दिउँसो १ः३० बजेदेखि १ः३५ बजेसम्म प्रधानमन्त्री देउवाले आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ । त्यहाँबाट होटल फर्केर साँझ ५ः३० बजे भारतीय व्यवसायीहरूसँगको अन्तरक्रियामा प्रधानमन्त्री देउवाले भाग लिने कार्यतालिका तय गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप