‘पाकिस्तानका प्रधानमन्त्री इमरान खानको हत्याको षड्यन्त्र रचियो’
पाकिस्तानका प्रधानमन्त्री इमरान खानको हत्याको षड्यन्त्र रचिएको दाबी गरिएको छ । पाकिस्तानमा सूचना एवं प्रशारण मन्त्री फवाद हुसैन चौधरीले यस्तो दाबी गरेका हुन् ।
उनले ट्वीटरमा सुरक्षा एजेन्सीले यस्तो जानकारी दिएको बताएका छन् ।
फवाद चौधरीले थपेका छन्, ‘त्यसपछि सरकारको निर्णय अनुसार प्रधानमन्त्री खानको सुरक्षामा कडाई गरिएको छ ।’
سیکیورٹی ایجنسیوں نے رپورٹ کیا ہے کہ وزیر اعظم عمران خان پر قاتلانہ حملےکا منصوبہ سامنے آیا ہے، ان رپورٹس کے بعد حکومتی فیصلے کے مطابق وزیر اعظم کی سیکیورٹی میں اضافہ کر دیا گیا ہے۔
— Ch Fawad Hussain (@fawadchaudhry) April 1, 2022
प्रधानमन्त्री इमरान खानको सरकार अविश्वास प्रस्तावमा सामना गरिरहेको छ । तीन अप्रिलमा यसबारे चर्चाका लागि मतदान हुँदैछ ।
एक दिन अघि राष्ट्रको नाममा आफ्नो सन्देशमा प्रधानमन्त्री इमरान खानले आफूले अन्तिम समयसम्म पनि लड्ने र राजीनामा नदिने बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुटवलमा औद्योगिक व्यापार मेला सुरु
-
प्रहरीले दैनिक ११७ जना मानिस पक्राउ गर्छ
-
सरकारले निजी लगानीलाई प्रोत्साहन गरिरहेको छ : अर्थमन्त्री पौडेल
-
रुसले किन दियो अफगानिस्तानमा तालिवानलाई मान्यता ?
-
एनपीएल फाइनलसम्म सुदूरपश्चिम रोयल्सकाे उडान, तस्बिरहरू
-
चार महिनामा प्रहरीको १४ वटा कार्यालय भवन तयार, ४२१ कार्यालय ‘आश्रित’