‘भाजपा अरविन्द केजरीवालको हत्या गर्न चाहन्छ’
दिल्लीका उप–मुख्यमन्त्री मनिष सिसोदियाले भाजपाले केजरीवालको हत्या गराउन चाहेको आरोप लगाएका छन् । उनले भने, ‘आज प्रहरीको उपस्थितिमा, प्रहरीसँग भारतीय जनता पार्टीका गुण्डा मुख्यमन्त्री अरविन्द केजरीवालजीको घरमा पुगेका छन् । उनको घरको सिसिटिभी क्यामरा फुटाइयो । बूम ब्यारियर तोडिए र सबैकुरा प्रहरीको उपस्थितिमा भयो । भाजपाका गुन्डाले यी सबै गरेका हुन् । मनिष सिसोदियाले अरविन्द केजरीवाललाई चुनावमा हार्न नसकेको भए बिजेपीले उनलाई ध्वस्त पार्न चाहेको आरोप लगाए । यो निकै जानीबुझी गरिएको षड्यन्त्र हो ।’
केजरीवाल जी की हत्या करवाना चाहती है BJP! - Dy CM @msisodia | LIVE #BJPKeGunde https://t.co/qiMBpqKQ8B
— AAP (@AamAadmiParty) March 30, 2022
पञ्जाबका मुख्यमन्त्री भगवन्तले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको घरमा हमलालाई एक कायरतापूर्ण व्यवहारको संज्ञा दिएका छन् । उनले ट्वीट गरेर लेखे, ‘पञ्जाबमा आम आदमी पार्टीको हातले बिजेपी बौलाहेको स्पष्ट देख्न सकिन्छ ।’
पंजाब में आम आदमी पार्टी के हाथों करारी हार से बीजेपी की बौखलाहट साफ दिख रही है।
— Bhagwant Mann (@BhagwantMann) March 30, 2022
पुलिस की मौजूदगी में मुख्यमंत्री दिल्ली, @arvindkejriwal जी के घर पर हमला एक कायराना हरकत है।
अब ये साफ हो चुका है कि BJP को सिर्फ AAP और अरविंद केजरीवाल से डर लगता है।
भगवन्त मानले केजरीवालका ेघरमा हमला दिल्ली प्रहरीको उपस्थितिमा भएको आरोप लगाएका छन् । उनले ट्वीटरमा लेखेका छन्, ‘अब यो स्पष्ट भइसकेको छ कि भाजपालाई आप र अरविन्द केजरीवालसँग मात्रै डर लाग्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निकुञ्ज सम्बन्धी नीति प्रमाणमा आधारित रहेर बनाउन प्रतिष्ठानको सुझाव
-
विदेशमा सिकेको सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न मन्त्री भण्डारीको आग्रह
-
घनश्यामको प्रस्तावमा माधवको कैँची, कार्यविभाजनले असन्तुष्टि सामसुम !
-
यस्तो छ ‘द्रौपदी’ लुक्स
-
दुर्गा प्रसाईंको रिट खारेज, ऋण असुली गर्न बैंकलाई सहज
-
मिडल अर्डरमा राम्रो गर्न सकेनौँ : कप्तान आसिफ