आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

नेटोले भन्यो, ‘युक्रेनमा हमला गर्न रुसी सेना पुनः एकजुट भइरहेछ’

शुक्रबार, १८ चैत २०७८, ०९ : ११
शुक्रबार, १८ चैत २०७८

युक्रेनमा भएका रुसी सेना, देशको पूर्वी हिस्सामा आफ्नो हमला बढाउनका लागि एकपटक पुनः एकजुट भइरहेको नेटोले जानकारी दिएको छ ।

नेटाका महासचिव जेन्स स्टोल्टबर्गले भने, ‘रुसले आफ्ना सेनालाई पुनः एकजुट गरिरहेको छ । रुसी सेनालाई हतियार प्रदान गरिँदैछ । सैनिकको संख्या पनि बढाइँदैछ ।’

उता बेलायतले रुसले छिमेकी देश जर्जियाबाट १२ सयदेखि २ हजार सैनिकलाई युद्धमा उतारिरहेको बताएको छ ।

स्मरण रहोस्, रुसले मंगलबार युक्रेनमा हमला कम गर्ने बताउँदै डोनबासलाई स्वतन्त्र गर्नेमा आफ्नो ध्यान केन्द्रीत हुने बताएको थियो ।

 


तर नेटो महासचिवले रुसले युक्रेनमा आफ्नो उद्देश्यमा कुनै परिवर्तन नगरेको बताएको छ ।

उनले भने, ‘हामीले शहरमा रुसी हमलाको पहिलाको जस्तै आक्रमण जारी भइरहेको देखिरहेका छौँ । रुसले केही सैनिक टुकडीलाई नयाँ स्थानमा पठाइरहेको छ । सायद यो डोनबासमा भएका टुकडीलाई थप बलियो बनाउनका लागि गरिँदैछ ।’

तर नेटोका अनुसार किभ र अन्य ठूला शहरमा रुसी हमलामा कुनै कमी देखिएको छैन र भोलिका समयमा यो हमला बढ्न पनि सक्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप