रुसले भन्यो, ‘कम गर्नेछौँ युक्रेनमाथि हमला’
मंगलबार इस्तानबुलमा रुस र युक्रेनबीच भएको शान्तिवार्तामा २४ फेब्रुअरीमा सुरु आक्रमण सुरु भएपछि पहिलोपटक प्रगतिको संकेत देखिएको छ ।
आफूहरुले युक्रेनमा सैन्य युद्ध अभियानलाई निकै कम गर्ने रुसले बताएको छ । तर रुसको यो बचनको विषयमा पश्चिमी देश आश्वस्त छैनन् र यसमाथि आशंका व्यक्त गरिरहेका छन् ।
टर्कीका राष्ट्रपति रेचेप तैय्यप अर्दोआनले इस्तानबुलमा आफ्नो कार्यालयमा रुस–युक्रेनबीच यो वार्ताको आयोजना गरे ।
रुसले यो शान्तिवार्तामा उनीहरुले किभ र चेयरनिवमा आफ्नो हमलालाई निकै कम गर्ने बताएका छन् ।
बेलायत र अमेरिकाले रुसको यो बयानको विषयमा सावधानी अपनाउन अपिल गरेको छ ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई सतर्क हुन अपिल गर्दै भने, ‘उनीहरुले यसमाथि कस्तो व्यवहार अपनाइरहेका छन् भन्ने मैले नदेखेसम्म यो बयानमाथि मैले विश्वास गर्न सक्दिनँ ।’
अब बचनको पालना हुन्छ कि हुन्‍नँ भन्ने कुरा हेर्न बाँकी रहेको बाइडेनले बताएका छन् ।
उता अमेरिकाका विदेशमन्त्री एन्टनी ब्लिङ्कनले रसको भनाई र गराइमा अन्तर हुने बताएका छन् ।
तर पनि कुटनीतिक सन्दर्भमा टर्कीले यो शान्तिवार्तालाई सार्थक रुपमा प्रगतितर्फ अघि बढिरहेको बताएको छ ।
मंगलबारको यो वार्ता तीन घण्टासम्म चल्यो तर यसबारे निकै कम जानकारी मात्रै मिडियामा आउन सक्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
मनाङको नेस्याङ केन्द्र बनाएर भूकम्पको धक्का
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
६ वर्ष बित्यो, सुरु भएन चक्रपथको दोस्रो खण्ड विस्तार
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती