आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

विदेश जान रोकेपछि गुजरात फाइल्सकी लेखिकाले उच्च अदालतमा दिइन् चुनौती

बिहीबार, १७ चैत २०७८, १३ : ३७
बिहीबार, १७ चैत २०७८

गुजरात फाइल्सकी लेखिका तथा भारतीय पत्रकार राना अय्युबले उनलाई देश छोड्न रोक्ने प्रवर्तन निर्देशनालयको कारवाहीलाई दिल्ली उच्च अदालतमा चुनौती दिएकी छिन् ।

मुख्य न्यायाधीश विपिन संघी र न्यायाधीश नविन चावलाले मुद्दाको सुनुवाई गर्नेछन् ।

राना अय्युबका वकिलले उनको मुद्दाको शीघ्र अपिल गरेका थिए किनभने उनी पहिले नै निश्चित भइसकेको कार्यक्रमका लागि लण्डन र इटली जानुछ । भोलि उनको फ्लाइट पनि छ ।

अदालतले उनले बिहिबार बिहान ११ बजे अघि मुद्दा दर्ता गर्छन् भने यसलाई भोलि सूची बद्ध गरिने बताएको छ ।

पत्रकार राना अय्युबलाई मंगलबार मुम्बई एयरपोर्टमा अधिकारीले विदेश जान रोक लगाएका थिए ।

 


मनी लन्ड्रिङको मामिलाः

रानाविरुद्ध प्रवर्तन निर्देशनालय (इडी) ले एउटा लुक आउट सर्कुलर जारी गरेको छ जसका कारण उनलाई विदेश जान रोकियो ।

केन्द्रीय अनुसन्धान एजेन्सीले अय्युबविरुद्ध मनी लन्ड्रिङको एउटा मामिलामा उनीसँग सोधपुछ गर्न चाहन्छ ।

राना लण्डनका लागि उडान भर्नका लागि मुम्बई विमानस्थल पुगेकी थिइन् तर इमिग्रेशन अधिकारीले उनलाई रोकेका थिए । त्यसलगत्तै इडीको एउटा टीम विमानस्थलमा उनको सोधपुछका लागि गएको र उनलाई अनुसन्धानमा समावेश हुनका लागि भनेको थियो ।

रानालाई कोरोना महामारीका बेला जुटाइएको च्यारिटेबल फन्डमा कथित अनियमितताको विषयमा इडीले उनीविरुद्ध अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप