गुजरात फाइल्स लेख्ने पत्रकार राना अय्युबलाई विदेश जान रोकियो
‘गुजरात फाइल्स’ किताब लेखेकी भारतीय पत्रकार राना अय्युबलाई विदेश जान रोक लगाइएको छ ।
रानालाई मुम्बई विमानस्थलका अधिकारीले विदेश जान रोकेको छन्
रानाविरुद्ध प्रवर्तन निर्देशनालय (इडी) ले एउटा लुक आउट सर्कुलर जारी गरेको छ जसका कारण उनलाई विदेश जान रोकियो ।
केन्द्रीय जाँच एजेन्सी अय्युबविरुद्ध मनी लन्ड्रिङको एक मामिलामा उनीसँग सोधपुछ गर्न चाहन्छ ।
राना लण्डनका लागि उडान भर्न मुम्बई विमानस्थल पुगेकी थिइन् तर इमिग्रेशन अधिकारीले उनलाई रोके । यसलगत्तै इडीको एउटा समूहले उनीमाथि विमानस्थलमा सोधपुछ गरे र अनुसन्धानमा समावेश हुन भने ।
I was stopped today at the Indian immigration while I was about to board my flight to London to deliver my speech on the intimidation of journalists with @ICFJ . I was to travel to Italy right after to deliver the keynote address at the @journalismfest on the Indian democracy
— Rana Ayyub (@RanaAyyub) March 29, 2022
समाचार एजेन्सी पिटिआइका अनुसार एक अप्रिलमा उनलाई इडीको कार्यालयमा पेश हुन भनिएको छ ।
अधिकारीका अनुसार इडीले यस वर्षको सुरुवातमा सबैभन्दा पहिला समन जारी गरेको थियो । यो समन उनको बैंक खातामा १.७७ करोड भारु रकमसँग जोडिएको थियो ।
रानाले कोरोना महामारीका बेला जुटाएको च्यारिटेबल फन्डमा कथित अनियमिताको विषयमा इडीले उनीविरुद्ध अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी