बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

रुसको युक्रेनमा हमला कम गर्ने बचनमा के भन्छन् जेलेन्स्की ?

बुधबार, १६ चैत २०७८, १२ : ११
बुधबार, १६ चैत २०७८

युक्रेनी राष्ट्रपति वोलोदिमिर जेलेन्स्कीले युक्रेनी जनता अबुझ नभएको बताएका छन् ।

रुसले किभ र चेयरनिवमा आफ्नो हमला निकै कम गर्ने बयान दिएको भोलिपल्ट जेलेन्स्कीको यस्तो बयान आएको हो । मंगलबार इस्तानबुलमा युक्रेन र रुसबीच भएको शान्तिवार्तामा रुसको तर्फबाट यस्तो भनिएको थियो ।

जेलेन्स्कीले रुसको उद्देश्यमाथि शंका जताउँदै वार्ताबाट आफूहरुले सुरुवाती संकेत सकारात्मक पाएको तर रुसको तर्फबाट दागिएका गोलाबारुद उनीहरुको बचन अनुसार नभएको बताएका छन् ।

 


यसअघि अमेरिका, बेलायत, जर्मन र इटलीले पनि रुसको बयानमाथि शंका जताउँदै युक्रेनलाई चेतावनी दिएको थियो ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई सतर्क गराउँदै भने, ‘जबसम्म उनीहरुले के गर्छन् देख्न पाइँदैन तबसम्म उनीहरुको बोलीमा विश्वास गरिँदैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप