काँग्रेस महामन्त्री गठबन्धनको पक्ष र विपक्षमा

नेपाली काँग्रेसका महामन्त्रीद्वय गठबन्धनको पक्ष र विपक्षमा उभिएका छन् । पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय समितिको बैठकमा धारणा राख्दै महामन्त्रीद्वय आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्न हुने र नहुने पक्षमा उभिएका हुन् ।
महामन्त्री गगन थापाले गठबन्धन गर्न नहुने बताएका छन् भने अर्को महामन्त्री शर्मा गठबन्धनको पक्षमा देखिएका छन् ।
शर्माले आवश्यकता अनुसार गठबन्धन गरेर जानु उपयुक्त हुने बताएका छन् । उनले भने, ‘कुनै ठाउँमा एमाले हामीभन्दा ७ हजारले अगाडि छ । अहिले हामीले भोट घटाएर ३ हजारले हार्नुभन्दा ४ हजार मत भएको माओवादीलाई मिलाउँदा फाइदा हुन्छ । गठबन्धन गर्न हुँदैन भन्ने होइन ।’
तर महामन्त्री थापाले गठबन्धन गर्न नहुने बताएका छन् । उनले भने, ‘कम्युनिस्टबाट लोकतन्त्र खतरामा छ भनेर हामीले पटक पटक भनेका छौँ । कम्युनिस्टहरूलाई मिल्न नदिन गठबन्धन गरेर जाँदा लोकतन्त्रमाथि खतरा हुँदैन भनेर जाने हो ?’
बैठकमा दुवै महामन्त्रीका फरक फरक धारणा आएका हुन् । जारी काँग्रेसको केन्द्री कमिटीको बैठकमा केन्द्रीय सदस्यहरुले गठबन्धनको पक्ष र विपक्षमा आफ्नो धारणा राखिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डढेलोले सखाप हुँदै जङ्गल
-
काठमाडौँमा शिक्षकको आन्दोलन, गोरखाका जनप्रतिनिधि सङ्घ सरकारसँग रिसाए
-
तीनकुनेको प्रदर्शनमा आगजनी र तोडफोड गरेको आरोपमा थप ६ जना पक्राउ
-
मौसम खराब भएपछि छेन्दुबाट पोखरामा हुने उडान रद्द
-
जिमेलमा अश्लील तस्बिर राख्दा खुल्यो पोल, यसरी पक्राउ परे छोरीमाथि यौन दुर्व्यवहार गर्ने बाबु
-
नेपालको सर्वोच्च अदालत र भारतको सर्वोच्च अदालतबिच समझदारीपत्रमा हस्ताक्षर