देउवाले भने– गठबन्धन नहुँदा मैले नै बालबाल जितेको हुँ, पहिला धेरै साथीहरुले हारेको हैन ?
सोमबार, १४ चैत २०७८, १५ : ४७
काँग्रेस सभापति शेरबहादुर देउवाले आगामी चुनावका गठबन्धन गर्नुको विकल्प नरहेको बताएका छन् । पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय समितिको बैठकमा देउवाले चुनावी गठबन्धनको विकल्प नभएको बताएका हुन् ।
कतिपय नेताले काँग्रेस एक्लै चुनावमा जानुपर्ने बताएपछि देउवाले यस्तो बताएका हुन् । बैठकलाई सम्बोधन गर्दै देउवाले पहिला एक्लै लड्दा आफूले समेत बालबाल जितेको बताए । ‘गठबन्धन नहुँदा मैले नै बालबाल जितेको हुँ यार। गठबन्धन नगरेर हुन्छ ?’, देउवाले भने, ‘गठबन्धन गरेर जाँदा हामी सबै जित्छौँ भन्या । ए बाबा पहिला धेरै साथीहरू हारेका हैनन् र ?’
उनले पुरानो कुरा बिर्सेर अघि बढ्नुपर्नेमा पनि जोड दिए । ‘ मलाई पनि पहिले माओवादीले गोली हानेकै हुन् नि। पुराना कुरा सम्झेर हुन्छ ?’, उनले भने, ‘ त्यसकारण गठबन्धन गरेर जानु जाऔँ।’
याे पनि
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकामा फेरि भेटियो मासु खाने खतरनाक परजीवी ‘स्क्रु-वर्म’
-
घट्यो काठको मूल्य, समितिको सेवा–सुविधा ३० प्रतिशतले कटौती
-
आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र नेपाल पुलिस क्लबबिच सम्झौता
-
पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष
-
ओभर टाइम गणना गरी सेवा सुविधा थप्न स्वास्थ्य मन्त्रीसँग चिकित्सक संघको माग
-
कोशी प्रदेश मन्त्रिपरिषद्का निर्णय : लोकसेवाको सचिवमा तामाङ, महालेखाको प्रतिवेदन सभामा पेस गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
