आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

रोहितले तोडे पारसको कीर्तिमान

शुक्रबार, ११ चैत २०७८, १६ : ४४
शुक्रबार, ११ चैत २०७८

नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा ब्याट्सम्यान रोहित कुमार पौड्यालले पारस खड्काको नाममा रहेको कीर्तिमान तोडेका छन् । पारसको नाममा एकदिवसीय अन्तर्राष्ट्रिय सर्वाधिक ११५ रन बनाउने खेलाडीको कीर्तिमान भंग गरेका हुन् ।
पीएनजीविरुद्धको एकदिवसीय क्रिकेट सिरिज अन्तर्गत पहिलो खेलमा पपुवा न्युगिनी (पीएनजी)विरुद्ध उनी १२० रन बनाउँदै क्रिजमा छन् ।

त्रिवि क्रिकेट मैदानमा पीएनजीले दिएको २९३ रनको लक्ष्य पछ्याएको नेपालका लागि रोहितले ११९ रन बनाइ सकेका छन् । 

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप