रोहित बने एकदिवसीयमा नेपालका लागि शतक बनाउने दोस्रो खेलाडी
शुक्रबार, ११ चैत २०७८, १६ : ३०
नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा ब्याट्सम्यान रोहित कुमार पौड्यालले एकदिवसीय क्रिकेट सिरिज अन्तर्गत पहिलो खेलमा पपुवा न्युगिनी (पीएनजी)विरुद्ध शतक प्रहार गरेका छन् । त्रिवि क्रिकेट मैदानमा पीएनजीले दिएको २९३ रनको लक्ष्य पछ्याएको नेपालका लागि रोहितले ९१ बलमा ७ चौका र ४ छक्का प्रहार गर्दै १०० रन पूरा गरेका हुन् ।
नेपालका लागि एकदिवसीय अन्तर्राष्ट्रियमा शतक बनाउने दोस्रो खेलाडी बनेका छन् । यसअघि नेपालका लागि पारस खड्काले २०१९ यूएईविरुद्ध शतक प्रहार गरेका थिए ।
रोहितको शतकसँगै नेपालले ४० ओभर ५ बलको समाप्तिमा ६ विकेट गुमाएर २१७ रन बनाएको छ ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पीएनजीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २९२ रन बनाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टिकटकबारे अन्तिम सुनुवाइ गर्न तयार भयो अमेरिकी सर्वोच्च अदालत
-
लगातार बैठक बोलाउने तयारीमा एमाले
-
अमेरिकाको प्रतिबन्धमा परे ब्यालेस्टिक मिसाइल कार्यक्रममा संलग्न चार पाकिस्तानी कम्पनी
-
‘औषधिको निरीक्षण र नियमन यथेष्ट मात्रामा भइरहेको छैन’
-
नौमुरे जलविद्युत आयोजनालाई सधैँ जनशक्ति र बजेट अभाव
-
शुक्लाफाँटाको दुर्गम क्षेत्रमा प्रहरी चौकी स्थापना गर्न माग