केपी ओली ज्ञानेन्द्र निवास जाने गरेका छन् : माधव नेपाल
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली चुनावी गठबन्धन गर्न सुटुक्क पूर्वराजा ज्ञानेन्द्र शाहकोमा जाने गरेको बताएका छन् । शुक्रबार पार्टी निकट महिला संघको भेलालाई काठमाडौमा सम्बोधन गर्दै अध्यक्ष नेपालले उक्त कुरा बताएका हुन् ।
‘केपी शर्मा ओली हाम्रो गठबन्धन टुटाउन खोज्दैछन्, उनी अर्को गठबन्धन बनाउन खोज्दैछन्, त्यसका लागि सुटुक्क ज्ञानेन्द्र निवासमा पुग्ने गरेका छन्, राप्रपासँग साँठगाँठ गर्न खोजिरहेका छन्, दक्षिणपन्थी शक्तिसँग मिल्न खोजिरहेका छन्’ पूर्व प्रधानमन्त्री समेत रहेका नेपालको भनाइ छ ।
उनले कैलालीबाट प्रधानमन्त्री पत्नी आरजु राणाले गठबन्धनबाट चुनाव लड्ने बताएको भन्दै उनलाई धन्यवाद दिए । ‘धन्यवाद छ आरजु देउवालाई, विचार मिल्नेसँग मिल्न सकिन्छ, मोहनविक्रम उपेन्द्र यादव, नेकपा माओवादीले काँग्रेसको पनि एउटा हिस्सा हामीसँग मिल्न चलिरहेको छ’, उनले भने, ‘विचार मिल्नेहरूसँग मिल्न सकिन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
