विरोधीहरूको मानसिक सन्तुलन गुमेको छ : माधव नेपाल
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीप्रति आकर्षण बढ्दा विरोधीहरु आत्तिन थालेको बताएका छन् । शुक्रबार अखिल नेपाल महिला संघ (समाजवादी) को काठमाडौं जिल्ला भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले नेकपा एकीकृत समाजवादीले ६ महिनाको छोटो अवधिमा बढेको आकर्षणका कारण विरोधीहरुले मानसिक सन्तुलन गुमाएर कुप्रचार गर्न थालेको बताएका हुन् ।
‘हाम्रो पार्टीप्रति बढेको आकर्षण देखेर विरोधीहरु आत्तिएका छन्, मानसिक सन्तुलन गमाउन पुगेका छन्, आत्तिएर मन्त्री प्रेम आले र किसनकुमार श्रेष्ठ बालकोट पुगेको भनेर प्रचार गरे । हुँदै नभएको कुरामा हल्ला मच्चाउने गरेका छन् ती कुनै प्रचारमा सत्यता छैनन्’, अध्यक्ष नेपालको भनाइ छ । उनले एमाले परित्याग गर्ने लहर चलेको भन्दै देशभक्त पार्टीमा प्रवेश गर्ने महाअभियान सुरु भएको बताए ।
उनले लोकतान्त्रिक मूल्य र मान्यतालाई आत्मसात गरेको पार्टी भएकाले निरंकुशताको विरोध र क्रान्तिकारी अडानमा उभिएकोले एमाले र आफ्नो पार्टीको भिन्नता नै त्यसैमा रहेको बताए ।
‘एमाले दक्षिणपन्थी भासमा भासिएको छ, हामी क्रान्तिकारी अडानमा उभिएका छौ । एमाले राष्ट्रिय आत्मसमर्पणवादी बाटोमा लागेको छ, हामी देशभक्तिपूर्ण अडानमा छौ, एमाले व्यक्तिवादमा चुर्लुम्म डुबेको छ, व्यक्तिवादी अहंकार त्यसका नेतामा छ, निरंकुश शैली अपनाउने गरेका छन्, हामी सामूहिकतामा विश्वास गर्छौ’, अध्यक्ष नेपालको भनाइ छ ।
अध्यक्ष नेपालले सुरुदेखि केपी ओलीसँग आफ्नो लडाई रहने भनेको प्रसंग कोट्याउँदै राष्ट्रियसभा निर्वाचनमा ओलीलाई धुलो चटाइदिएको बताए । उनले भने, ‘केपी ओलीका उम्मेदवारले धुलो चाटे, हाम्रो उम्मेदवार विजयको शिखरमा पुगे, कलम चिन्हलाई जिताएर इतिहास निर्माण गरे । त्यसो भएकाले बरु सूर्यमा ग्रहण लाग्छ कलममा लाग्दैन । कलमले नै सत्य कुरा ओकल्छ र चेतनाको प्रतीक हुने गर्छ’, नेपालको भनाइ छ । उनले आफुबाट छुट्टिएर गएकाहरूको एमालेमा बेहाल भएको देखिन थालेको पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
