सलमान खानको कार्यक्रममा ३० हजार दर्शक, टिकटको मूल्य २५ हजारसम्म

बलिउड अभिनेता सलमान खानको काठमाडौंमा तय भएको कार्यक्रममा ३० हजार दर्शक सहभागी हुने अपेक्षा आयोजकले गरेको छ । आगामी जेठ १४ गते दशरथ रंगशालामा सलमानको उपस्थितिमा कार्यक्रम गर्न लागिएको बुधबार आयोजित पत्रकार सम्मेलनमा आयोजक ओडीसीले जानकारी दियो ।
कार्यक्रमका लागि ४ थरीको टिकट विक्री गर्ने जानकारी दिइयो । जसअनुसार ५ हजार, १० हजार, १५ हजार र २५ हजार दरको टिकट विक्री हुनेछन् । यी टिकट चाँडै नै स्वदेश तथा विदेशका दर्शकको सहजताका लागि डिजिटल वालेटमार्फत बिक्री खुला गरिनेछ । कार्यक्रममा बलिउड कलाकार खानअघि नेपाली कलाकारको लाइनअप प्रस्तुति रहनेछ । एक दर्जन हाराहारीका नेपाली कलाकारको करिब डेढ घण्टा प्रस्तुति रहनेछ ।
त्यसपछि सलमान खानसहितका बलिउड कलाकारको प्रस्तुति रहनेछ । यस्तो कार्यक्रम २०७४ सालमै गर्न खोजिएपनि कोरोनाका कारणले नसकिएको भन्दै आयोजकले पुनः दर्शकको चाहनालाई पूरा गर्न लागिपरेको पत्रकार सम्मेलनमा वितरण गरिएको प्रेस नोटमा उल्लेख गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुडुचेरीका विधायकहरू अनुभव आदानप्रदानका लागि पोखरामा
-
हेटौँडा अस्पतालमा मुटु रोग सम्बन्धी सेवा विस्तार हुँदै
-
सुदूरपश्चिम प्रदेशमा बिहानैदेखि वर्षा, कस्तो रहला देशभरको मौसम ?
-
क्यानाडा, मेक्सिको र चीनमाथि आयातकर लगाउने ट्रम्पको अडानले अमेरिकी शेयर बजार ‘ध्वस्त’
-
गणेशजीको बार आज कसलाई कति लाभ ? हेर्नुहोस् राशिफल
-
माथिल्लो राहुघाट जलविद्युत आयोजनाको काम अन्तिम चरणमा