सलमान खानको स्वागत गर्न आतुर छौँ : मन्त्री आले

संस्कृति तथा पर्यटन मन्त्री प्रेम आलेले भारतीय कलाकार सलमान खानको स्वागत गर्न र उनको कार्यक्रम हेर्न नेपालीहरु आतुर रहेको बताएका छन् । बुधबार काठमाडौको सोल्ठी होटलमा आयोजित एक कार्यक्रममा मन्त्री आलेले बढी भन्दा बढी पर्यटक भित्र्याउने र राज्यलाई लाभ हुने काम आफ्नो समेत भएकाले नेपालमा हुने सलमान खानको कार्यक्रमले थप सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
‘हामी आतुर भएका छौ सलमान खानलाई स्वागत गर्न र कार्यक्रम हेर्न’, मन्त्री आलेको भनाइ छ । उनले आयोजक ओडीसीएनलाई कार्यक्रम आयोजना गरेकोमा धन्यवाद दिदै उक्त कार्यक्रम आयोजकको मात्रै नभएर हामी सवैको कार्यक्रम भएको बताए । ‘यसलाई सफल पार्न हामी सवैले साथ दिनुपर्छ, मेरो मन्त्रालयबाट गर्नसक्ने सहयोग गर्ने विश्वास दिलाउँछु । नेपाल सरकार पनि प्रतिवद्ध छ’, आलेले कार्यक्रमबारे आफुले प्रधानमन्त्रीलाई समेत जानकारी गराएको र उहाँ सहभागी हुन इच्छुक रहेको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकामा चीप बनाउन १ खर्ब डलर लगानी गर्दैछ ताइवानको टीएसएमसी
-
युक्रेनलाई दिएको सहायताभन्दा धेरै रकमको रुसी तेल किनेको भन्दै युरोपप्रति ट्रम्प आक्रोशित
-
पोखरा महानगरका मेयर र प्रमुख प्रशासकीय अधिकृत विरुद्धको मुद्दामा सुनुवाइ हुँदै
-
कांग्रेसद्वारा प्रदेश तहमा संविधान संशोधनको एजेन्डामा छलफल, विश्वस्त छैनन् विपक्षी दल
-
रुसमाथिको प्रतिबन्ध हटाउँदैछन् ट्रम्प ?
-
ट्राफिक व्यवस्थापन तथा सुरक्षामा प्रहरी र समुदायसँगसँगै