सीआईबीमा प्रियङ्काको बयान–‘क्रिप्टोको प्रचार गरेको छैन, अनुसन्धानमा सघाउँछु’
क्रिप्टोकरेन्सीको प्रचार गरेको आरोपमा चलचित्र नायिका प्रियङ्का कार्कीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले सोधपुछ गरेको छ । आइतबार ब्युरोले बोलाएपछि महाराजगञ्जस्थित सीआईबीको कार्यालयमा गएकी कार्कीले प्रहरीसँग आफूले क्रिप्टोकरेन्सीको प्रचार नगरेको दाबी गरेकी छिन् ।
प्रहरीका अनुसार केही समयअघि सामाजिक सञ्जालमा प्रियंकाको फोटोसहितको क्रिप्टोकरेन्सीको विज्ञापन पोष्ट भएको थियो । जसमा ‘क्रिप्टोकरेन्सी मा प्रियंकाले लगानी गरेकी छन्, तपाईंहरू पनि लगानी गर्नुस्,’ भनिएको थियो । ब्युरोका अनुसन्धान अधिकृतहरूसँग उनले सो पोष्ट आफ्नो नभएको दाबी गरेकी छिन् । उनले भनेकी छिन्–‘यसमा म पनि अनभिज्ञ छु, मेरो संलग्नता छैन ।’
सामाजिक सञ्जालमा पोष्ट गर्ने व्यक्तिबारे अनुसन्धान भइरहेको केन्द्रीय अनुसन्धान ब्युरोका प्रवक्ता (एसपी) श्याम कुमार महतोले रातोपाटीलाई बताए । उनले भने–‘उहाँले अनुसन्धानमा सघाउँछु भन्नुभएको छ, फोटो दुरुपयोग गरेर पोष्ट गरिएको हुनसक्छ हामी त्यसतर्फ अनुसन्धान गरिरहेका छौँ ।’
नेपाल राष्ट्र बैङ्कले क्रिप्टोकरेन्सी गैह्रकानुनी रहेको भन्दै त्यस्तो कारोबार गरेमा कानुनी कारबाही हुने चेतावनी दिएको छ । अवैध डिजिटल मुद्रा ‘क्रिप्टोकरेन्सी’को प्रचार गरेको आरोपमा ब्यूरोले उनलाई आइतबार बयानका लागी बोलाएको थियो । आफ्नो फोटो दुरुपयोग गर्नेबारे अनुसन्धान गर्न प्रियङ्काले आग्रह गरेकी छिन् । तर, उनले अनुसन्धानका लागि लिखित निवेदन दिएकी छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशको सिको गरेर नियम लाद्नुअघि सडक पूर्वाधार सुधार गरियोस्: अध्यक्ष सिटौला
-
सीजेपी आन्दोलन : मोदीले अनुमान गर्न नसकेको भारतको युवा आन्दोलन
-
ट्राफिक व्यवस्थापनमा ‘पहिला म’ होइन ‘पहिला तपाईं’ भन्ने संस्कार आवश्यक: राजेश हमाल
-
स्रोत नखुलेको साढे ६ लाखसहित उपसचिव पक्राउ
-
जोरपाटीबाट एसएलआरको गोलीसहित एक जना पक्राउ
-
आयोगलाई ‘आधुनिक र प्रविधिमैत्री’ बनाउने प्रस्तावित प्रमुख आयुक्त र आयुक्तहरूको कार्ययोजना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
