नायिका प्रियंका कार्की सीआईबीको अनुसन्धानमा, क्रिप्टोकरेन्सीको प्रचार गरेको आरोप

चलचित्र नायिका प्रियंका कार्कीमाथि केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान गरिरहेको छ । डिजिटल मुद्रा ‘क्रिप्टोकरेन्सी’को प्रचार गरेको आरोपमा ब्युरोले उनलाई अनुसन्धानको दायरमा ल्याएको ब्युरोका एक जना उच्च अधिकृतले रातोपाटीलाई बताए ।
आइतबार उनलाई ब्युरोमा बोलाइएको छ । उनको बयान भइरहेको ब्युरोका ती अधिकृतले बताए । केही समयअघि सामाजिक सञ्जालमा प्रियंकाको फोटोसहितको क्रिप्टोकरेन्सीको विज्ञापन पोष्ट भएको थियो । जसमा ‘क्रिप्टोकरेन्सी मा प्रियंकाले लगानी गरेकी छन्, तपाईंहरू पनि लगानी गर्नुस्,’ भनिएको थियो । नेपाल राष्ट्रबैंकले क्रिप्टोकरेन्सी गैह्र कानुनी रहेको भन्दै त्यस्तो कारोबार गरेमा कानुनी कारबाही हुने चेतावनी दिएको छ ।
(स्पष्टीकरण : यसअघि रातोपाटीमा प्रकाशित समाचारमा प्रियंका कार्कीले भिडियो पोष्ट गरेर क्रिप्टोकरेन्सीमा मैले लगानी गरेको छु, तपाइँहरु पनि लगानी गर्नुहोस्’ भन्ने वाक्यसहितको समाचार प्रकाशन भएकामा क्षमायाचनासहित यसलाई सच्चाइएको छ । समाचारमा फोटो हुनुपर्नेमा भिडियो भएको कारण पाठक र नायिका कार्कीमाथि परेको चोटप्रति हामी क्षमाप्राथी छौँ ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतमा घट्दा पाकिस्तानमा बढ्यो सेयर बजार
-
बागमती प्रदेश निर्माण व्यवसायी महासङ्घद्वारा १० बुँदे मागपत्रसहित मुख्यमन्त्री कार्यालयमा निवेदन
-
सागर एक्लैले पाँच विकेट लिएपछि पुलिस स्कुलले सजिलै हरायो रत्नराज्यलाई
-
नेपालमा नोबेल ब्रान्डको लन्च
-
सरकारले औपचारिकताका लागि मात्रै नीति तथा कार्यक्रम ल्याएको देखियो : अध्यक्ष लिङ्देन
-
नबिल बैंकको ‘नबिल लाइफटाइम निःशुल्क क्रेडिट कार्ड योजना’ असार मसान्तसम्म थप