नायिका प्रियंका कार्की सीआईबीको अनुसन्धानमा, क्रिप्टोकरेन्सीको प्रचार गरेको आरोप
चलचित्र नायिका प्रियंका कार्कीमाथि केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान गरिरहेको छ । डिजिटल मुद्रा ‘क्रिप्टोकरेन्सी’को प्रचार गरेको आरोपमा ब्युरोले उनलाई अनुसन्धानको दायरमा ल्याएको ब्युरोका एक जना उच्च अधिकृतले रातोपाटीलाई बताए ।
आइतबार उनलाई ब्युरोमा बोलाइएको छ । उनको बयान भइरहेको ब्युरोका ती अधिकृतले बताए । केही समयअघि सामाजिक सञ्जालमा प्रियंकाको फोटोसहितको क्रिप्टोकरेन्सीको विज्ञापन पोष्ट भएको थियो । जसमा ‘क्रिप्टोकरेन्सी मा प्रियंकाले लगानी गरेकी छन्, तपाईंहरू पनि लगानी गर्नुस्,’ भनिएको थियो । नेपाल राष्ट्रबैंकले क्रिप्टोकरेन्सी गैह्र कानुनी रहेको भन्दै त्यस्तो कारोबार गरेमा कानुनी कारबाही हुने चेतावनी दिएको छ ।
(स्पष्टीकरण : यसअघि रातोपाटीमा प्रकाशित समाचारमा प्रियंका कार्कीले भिडियो पोष्ट गरेर क्रिप्टोकरेन्सीमा मैले लगानी गरेको छु, तपाइँहरु पनि लगानी गर्नुहोस्’ भन्ने वाक्यसहितको समाचार प्रकाशन भएकामा क्षमायाचनासहित यसलाई सच्चाइएको छ । समाचारमा फोटो हुनुपर्नेमा भिडियो भएको कारण पाठक र नायिका कार्कीमाथि परेको चोटप्रति हामी क्षमाप्राथी छौँ ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण