डा भोगेन्द्र झा ‘महामूर्ख’ घोषित (फोटोफिचर)
मधेस प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झालाई महामूर्ख घोषणा गरिएको छ । शुक्रबार जनकपुरधाममा मिथिला नाट्यकला परिषद (मिनाप) ले फागु महोत्सवको अवसरमा आयोजना गरेको महामूर्ख सम्मेलनबाट उपाध्यक्ष डा. झालाई महामूर्ख घोषणा गरिएको हो ।
हरेक वर्षझैँ यस वर्षपनि महामूर्ख सम्मेलनमा समाजसेवी, बुद्धिजिवी, राजनीतिककर्मी, मन्त्री, प्रदेशसभा सदस्य, जनप्रतिनिधिहरु लगायत दर्जनौं विशिष्ट व्यक्तिहरुलाई समावेशी ढंगबाट अन्य विभिन्न उपाधि समेत प्रदान गरिएको छ । यस कार्यक्रममा सहभागी सबै आ–आफ्नो मुर्खत्वको उपाधि पाउनका लागि लालायित हुने गरेका छन् ।
मिनापले प्रत्येक वर्ष समाजमा विभिन्न माध्यमबाट योगदान पुर्याए वापत १० जनादेखि १७ जनासम्मलाई मूर्खको उपाधि दिँदै आएको छ । जसअनुसार ११ जनालाई मूर्खको उपाधि दिइयो । सो मध्येबाट पनि एक जनालाई महामूर्खको उपाधि दिइन्छ । महामूर्ख घोषित झालाई प्रशंसा पत्र, मिथिला चित्रकला, फूल तथा विभिन्न तरकारी मिश्रित माला तथा दोसल्ला ओढाएर सम्मानित गरियो ।
सो सम्मेलनबाट प्रदेशसभा सदस्य मञ्जु यादवलाई मूर्खको अदल बदली उपाधि, नेपाली काँग्रेस जनकपुरधाम उपमहानगरका नगर उपसभापति राकेश बिक्रम साहलाई टिटही उपाधि, मिथिला चित्रकार मनिषा साहलाई गन्हकी उपाधि, मिथिला वाइल्डलाईफ ट्रस्टका अध्यक्ष देवनारायण मण्डललाई हराशंख उपाधि प्रदान गरिएको छ । यस्तै नेपाल पत्रकार महासंघ धनुषा शाखाकी अध्यक्ष मनिका झालाई दिलतोरिया उपाधि, अधिवक्ता सुदिप कोइरालालाई गोबर गणेश उपाधि, गिद्धाबेलापट्टी विद्यालयका प्रधानाध्यापक पवन मण्डललाई डपोर शंख उपाधि, वरिष्ठ कलाकार रामरेखा पण्डितलाई बज्रकिट उपाधि, जनकपुरधाममा मिथिला चित्रकलाको शुरुवात गरेकी मिथिलेश्वरी कर्णलाई लालबुझकड उपाधि, व्यवसायी अभिशेष चौधरीलाई बोतलानन्द उपाधि र जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रद्युम्न उपाध्यायलाई वैशाखनन्दनको उपाधि दिइएको छ ।
दुई दिनसम्म चलेको महोत्सवमा धनुषा र महोत्तरीका गाउँबाट १० वटा डम्फा समूह पनि सहभागी भएका थिए । ती समूहहरूबीच होरी गीत गायन, डम्फा बादन तथा जोगिडा गायनको प्रतिस्पर्धा भएको थियो । विजयी तीन समूहलाई पुरस्कार तथा अन्य समूहलाई प्रशंसापत्र प्रदान समेत गरिएको छ ।










खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव
-
गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै
-
पैसाको लेनदेन विवादमा युवतीको हत्या
-
बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप
-
वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
-
यी हुन् ८ विश्वविद्यालयमा उपकुलपति पदमा सर्ट लिस्ट भएका आवेदकहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
