‘केपी ओलीले खाना खुवाउनुभयो, बजेट दिनुभएन’
नेपाली काँग्रेसका युवा नेता भीम पराजुली विराटनगर महानगरपालिकाका मेयर हुन् । उनले दोस्रो चोटि मेयरमा उठ्ने घोषणा गरिसकेका छन् । आफूलाई ‘आध्यात्मिक’ भन्न रुचाउने धार्मिक स्वभावका पराजुली गफ गर्नमा केपी ओलीभन्दा कम छैनन् । गत साल पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमै बोलाएर साढे दुई घण्टा गफ सुनाएपछि पराजुली ओलीसँग प्रभावित बनेर विराटनगर फर्किएका थिए । तर, अहिले ओलीप्रति उनको मोह भङ्ग भएको छ ।
ओलीसँग बालुवाटारमा भएको भेटबारे पराजुलीले रातोपाटीसँग भने, ‘उहाँले मलाई तपाई जत्तिको मान्छे कोही छैन, तपाई धार्मिक मान्छे, तपाई धेरै राम्रो मान्छे भन्नुभयो तर विराटनगरलाई बजेट दिनुभएन । म उहाँलाई भेट्न गएको हैन, उहाँले नै बोलाएर गएको हुँ । त्यो भेटमा मजति खुसी को थियो होला र ? मैले उहाँलाई लिखितरुपमा एयरपोर्ट लगायत यो–यो ठाउँमा बजेट हाल्दिनू भनेर लेखेर दिएको थिएँ ।’
मेयर पराजुली अगाडि भन्छन्, ‘प्रधानमन्त्रीजस्तो मान्छेले मेयरजस्तो सानो मान्छेलाई बोलाएर, त्यहीँ खाना खाएर अढाई घण्टासम्म कुराकानी गर्नु भनेको त मेरा लागि ठूलो कुरा थियो । तर, बजेट दिनेबेलामा उहाँले केही नै गर्नुभएन ।’
त्यसो त काँग्रेसका मेयर पराजुलीलाई केपी ओलीले मात्रै होइन, राष्ट्रपति विद्यादेवी भण्डारीले पनि शीतलनिवासमै बोलाएर अन्तरंग कुराकानी गरेको खबर बाहिर आइसकेको छ । मेयर पराजुलीको आध्यात्मिक चिन्तन र व्यवहारप्रति राष्ट्रपतिसमेत प्रभावित भएको चर्चा विराटनगरमा छ ।
मेयर पराजुली आफूलाई आध्यात्मिक मानिस भन्न रुचाउँछन् । त्यसो त छठका दिन विराटनगरको सडकमा घस्रेर हिँडेको तस्बिरले नै पराजुलीको आध्यात्मिकता प्रष्ट झल्काउँछ । तर, आध्यात्मिक मेयर पराजुलीको कार्यकालमा विराटनगरको विकास पनि घस्रिएरै हिँड्यो वा फड्को मार्यो ? यो प्रश्नचाहिँ विचाराधीन नै छ ।
०७४ को चुनावमा पराजुलीसँग मेयरमा प्रतिस्पर्धा गरेका एमाले नेता विनोद ढकालले रातोपाटीसँगको कुराकानीका क्रममा काँग्रेस नेतृत्वको आलोचना गर्दै भने, नेपाली काँग्रेसले विराटनगरलाई कामत बनायो !
एमाले नेता ढकाललाई जवाफ दिँदै मेयर पराजुली तर्क गर्छन्, ‘कामतजस्तो होइन, विराटनगर आधुनिक सहरका रूपमा विकसित भइरहेको छ, ५ वर्षपछि विराटनगर आएका मानिस छक्क परेका छन्, यहाँका सडक युरोपको जस्तो छ ।’
मेयर पराजुलीले काम गर्ने क्रममा आफूलाई ठूल्ठूला कम्पनीले करोडौँ कमिसनको अफर गरेको पनि सुनाए । आफूले भ्रष्टाचार गरेको कसैले प्रमाणित गरे सन्यास लिने उनले घोषणा गरे । उनले भने, ‘म ठगठाग, लप्पन छप्पन गर्ने मान्छे होइन ।’
विराटनगर महानगरपालिकामा चुनाव जित्ने आफूबाहेक काँग्रेसका अरु कोही नेता नभएको पराजुलीको दाबी छ । ‘०७४ सालमा म, नागेश कोइराला, डिला सङ्ग्रौला, विश्वनाथ रिजाल लगायत १६ जना काँग्रेस नेताहरू मेयरको टिकटका लागि लडिरहेका थियौँ,’ पराजुली स्मरण गर्छन्, ‘तर सबैभन्दा कम उमेरको मान्छे मैले टिकट पाएँ र जितेँ ।’
विराटनगरको बिग होटलमा रातोपाटीसँगको भेटमा मेयर पराजुलीले फलाहार खाँदै ७५ मिनेटसम्म लगातार आफ्नो काम र योजनाको वर्णन गरे । प्रस्तुत छ– पराजुलीसँग गरिएको कुराकानीको संक्षेप –
जुन विकासको भूत ममा छ, त्यो अझै पूरा भएको छैन । म एउटा युवा मान्छे । ३९/४० वर्षको उमेरमा मेयरको टिकट पाएको । केही गर्छु, पृथ्वी नै पल्टाउँछु भनेर हिँडेको मान्छे म । विद्यार्थी आन्दोलनबाट आएर ०६२/०६३ सालको आन्दोलनमा जेल गएको । महेन्द्र मोरङ क्याम्पसको स्ववियु चुनावमा विद्रोही उम्मेदवार भएर सभापति जितेको भान्छे हुँ म । चारपटक त स्ववियुको विभिन्न पदमा जितेर भूमिका निर्वाह गरेको हुँ ।
स्ववियु सभापतिबाट सिधै काँग्रेसको नगर सभापति भएँ । स्ववियुबाट सिधै पार्टीको पद पाउन गाह्रो हुन्छ । अहिलेसम्म कोही पनि आएका छैनन् । कोही वडाध्यक्ष हुँदै मेयरको टिकट पाएका छन् । मैले एकैपटक मेयरको टिकट पाएर जितेको मान्छे । त्यसपछि पहिलो महाधिवेशन प्रतिनिधि भएर सिधै यहीपटक काँग्रेसको केन्द्रीय सदस्य भएको मान्छे हुँ म । नगर सभापतिबाट केन्द्रीय सदस्य भएको पनि कोही छैनन् ।
विराटनगरमा आएका जति पनि प्रमुख प्रशासकीय अधिकृतहरू आए महानगरपालिका भनेर कमाउने अपेक्षासहित आए । कमिसन पीसीको हिसाब गरेर आएका थिए । यहाँ १ रुपैयाँ पीसी वा कमिसन पनि चल्दैन । मैले ५ जना निर्माण व्यवसायी थुन्दा पीसी र कमिसन मैले मागेको थिएँ भने पत्रकार सम्मेलन गर्दैन थिए उनीहरूले ?
मैले राजनीतिलाई कहिल्यै पेशा बनाएको छैन । मेरो ब्रह्मले जे भन्छ, त्यो गरेको छु । म सफल हुँ न हुँ, मैले आफ्नो सेवा सुविधालाई पनि स्कुल तथा सामाजिक सेवामा लगाएको छु । मेरो एउटा छोरा, एउटी छोरी र श्रीमती छन् । मेरो पैतृक सम्पत्ति छ, मेरो क्याम्पस, रेस्टुरेन्टमा लगानी छ । मेरो उद्यम पनि छ । करोड रकम राखेर टिकट पाएर आएको पनि होइन । मेरो पारिवारिक अवस्था त्यत्रो धेरै सम्पत्ति भएको पनि होइन ।
मेरो अहिलेसम्मको पारिश्रमिक र सेवा सुविधाबाट पाउने २७ लाख रुपैयाँ पुग्दो रहेछ । त्यसलाई मैले सामाजिक सेवामा खर्च गरेको छु । मसँग धेरै सम्पत्ति भएर त्यो खर्च गरेको होइन । मैले देश र जनताका लागि गर्ने सेवा भावको आधारमै गरेको हुँ ।
यसअघि जति धेरै काम गर्नुपर्थ्यो त्यो भएन । कोरोनाले अवरोध गर्यो । संघ सरकार र प्रदेश सरकार हामी अनुकूल भएन । संघ र प्रदेश सरकारको बजेट देख्न पाइएन । मेरो पहिलो लक्ष्य नै विराटनगर बनाउने भन्ने थियो । विराटनगरका मेयरले अनियमितता र भ्रष्टाचार गरेको प्रमाणित भयो भने मेयर मात्रै होइन, सार्वजनिक राजनीतिबाट सन्यास लिन्छु भनेको छु । मेरो एक किसिमको प्रतिबद्धता पनि छ ।
मेरो पालामा घुस खाने राजस्वका २ जना कर्मचारीलाई पक्राउ गरेर अख्तियारमा पठाएको छु । काम नगर्ने ५ जना निर्माण व्यवसायीलाई पक्राउ गरेको छु । तपाई इमानदार हुनुभयो भने कसैसँग डराउनु पर्दैन । तर, इमानदार हुन चाहिँ धेरै गाह्रो रहेछ । के देला, कस्तो देला भन्ने खालका मानिस म सँग रिसाएका छन् । उनीहरूको अपेक्षा पैसा दिनुपर्छ भन्ने थियो । तर, म घरबार बेचेर त दिन सक्दिनँ थिएँ । भ्रष्टाचार गरेर दिन सक्ने कुरा पनि थिएन ।
विराटनगरमा आएका जति पनि प्रमुख प्रशासकीय अधिकृतहरू आए महानगरपालिका भनेर कमाउने अपेक्षासहित आए । कमिसन पीसीको हिसाब गरेर आएका थिए । यहाँ १ रुपैयाँ पीसी वा कमिसन पनि चल्दैन । मैले ५ जना निर्माण व्यवसायी थुन्दा पीसी र कमिसन मैले मागेको थिएँ भने पत्रकार सम्मेलन गर्दैन थिए उनीहरूले ? डेढ २ सय मानिस आएका थिए । अब तँ चुनाव हार्छस् भन्दै आएका थिए । तर, म आगामी ४/५ वटा चुनाव लड्न सक्छु । गलत काम गर्दा हार्ने भएँ भने त्यति नै पटक हार्न तयार भएँ ।
महानगरले घोषणा पत्रमा राखेको कुरा पुरा गरेन भनेर समाचार आयो । रिङरोड बनाएन भन्ने कुरा महानगरले बनाउन सक्दैन नि । बिजुलीको तार अण्डर ग्राउण्ड गर्ने कुरा हामीले सक्दैनौँ । एयरपोर्ट बनाउन हामी सक्दैनौँ । पहल गर्ने भनेको छ पहल गर्यौँ । एमाले सरकारले गरेन ।
शिक्षकको दरबन्दी मिलानमा पनि मैले निःस्वार्थ काम गरेँ । त्यहाँ धेरै काँग्रेसका शिक्षक थिए । त्यसबेला पनि मलाई घेर्न आएका थिए । तर, मैले रिजल्ट निकाल्नका लागि चुनाव हार्न तयार छु भनेर पठाइदिएँ । गाई पाल्ने शिक्षक, जग्गा दलाल गर्ने शिक्षक भएको छ । विद्यालय जानु छैन । त्यसकारण मैले आफ्नो ढंगले सरुवा गरिदिएँ । मेरो एजेण्डा सरकारी विद्यालय सुधार्ने पनि थियो । म मेयर भइसकेपछि नमुना विद्यालयहरू बनाउने भनेर लागेको छु अहिले पनि १० वटा विद्यालय नमुना छन् । हिजो यी विद्यालयमा कोही पढ्न आउँदैन थिए, अहिले सबै आउन थालेका छन् । ती विद्यालयमा हिजो ५ सय विद्यार्थी थिए, अहिले ३३ सय विद्यार्थी छन् ।
क्षेत्रीय विमानस्थलको निर्माणको काम एमाले सरकारकै कारण भएन । ओली सरकारले विराटनगर एयरपोर्टका लाग एक रुपैयाँ पनि छुट्याएन । क्षेत्रीय विमानस्थल बनाउने भनेर मुआब्जाका लागि जग्गा रोक्का राखियो । तर, एक रुपैयाँ पनि पैसा नदिएका कारण सर्वसाधरणले अहिले पनि दुःख पाइरहेका छन् । एमालेले विकास ल्याएको होइन झन् भाँडभैलो बनायो ।
महानगरले घोषणा पत्रमा राखेको कुरा पुरा गरेन भनेर समाचार आयो । रिङरोड बनाएन भन्ने कुरा महानगरले बनाउन सक्दैन नि । बिजुलीको तार अण्डर ग्राउण्ड गर्ने कुरा हामीले सक्दैनौँ । एयरपोर्ट बनाउन हामी सक्दैनौँ । पहल गर्ने भनेको छ पहल गर्यौँ । एमाले सरकारले गरेन ।
चुनावमा मैले धेरै खर्च गरेको पनि होइन । मेरो व्यक्तिगत खर्च साढे ३ लाख मात्रै भयो । अन्य पार्टी तथा समर्थकहरूले नै खर्च गरिदिए । भोलि पनि म पैसा बाँडेर राजनीति गर्दिनँ, बरु हार्न तयार छु ।
महानगरले गर्ने सानातिना काम गरिरहेकै छ । वडा समितिहरू बनेका छन् । १५ बेडको बर्थिङ सेन्टर बनाउने काम गरिरहेका छौँ । विराटनगरमा डेढसय किलोमिटर पिच गर्यौँ । एडीबीले बनाएको बाटो हो नि भन्छन् । तर, नेपालमा वैदेशिक अनुदान बेगर कति बाटो बन्छन् । त्यो त आफ्नै स्रोतबाट बनेको होइन । हाम्रो पालामा एडीबीले बनाइदियो । त्यो सबैभन्दा राम्रो गुणस्तर विराटनगरको भयो । त्यही कारण थप योजना हामीलाई एडीबीले दिएको छ । बस टर्मिनल हाम्रै पालामा भयो । तारिणीप्रसाद सञ्चारग्राम बन्यो । अब चैतमा त्यसको उद्घाटन हुँदैछ ।
पाँच वर्ष अगाडि विराटनगर आएको मान्छे अहिले आउँदा चिन्दैन । मेरो एउटा साथी ५ वर्षपछि आउँदा विराटनगरको विकास देखेर मसँग छक्क पर्दै आयो । विराटनगर कामत जस्तो होइन, आधुनिक सहर बन्ने क्रममा छ । यहाँको बाटो त युरोपको जस्तो बन्यो । ००७ सालदेखि ०६२/०६३ सालसम्म धेरै नेताहरूले विराटनगरले राजनीतिक नेतृत्व लियो । प्रधानमन्त्री ८/९ जना बन्नुभयो । नेतृत्वले राजनीतिक जिम्मा लिए पनि यहाँको विकासमा ठूलो योगदान गरेनन् । तर, म आएपछि भएको कामको कारण धेरै मानिसले खुसी व्यक्त गरेका छन् । समयमै काम सम्पन्न भएको थिएन भने एडीबीले थप पैसा दिँदैन थियो ।
म ठगठाग, लप्पन–छप्पन गर्ने मान्छे होइन । मेयरलाई अधिकांश मानिसले चिन्छन् तर, यहाँ त म आफैँ चिन्छु । पहिलेदेखि विद्यार्थीकालदेखि नै लड्दै भिड्दै आइयो त्यसकारण पनि तल्लो तहको जनताको अपेक्षा के हो भन्ने कुरा म बुझ्छु । संघको टिकट पनि पाउने चान्स छ मेरो । तर, मैले धेरै सोचेर मेयर लड्न खोजेको हुँ । जसले जित्छ, त्यसलाई पार्टीले टिकट दिने हो । हिजो मसँग टिकट लिन लड्ने मान्छे सबै सिनियर थिए । जस्तै– डिला सङ्ग्रौला, अमृत अर्याल हुनुहुन्थ्यो । त्यसबेला सबैभन्दा कान्छो मान्छे म । उहाँहरूलाई उछिनेर म भएको हुँ ।
काँग्रेसले मलाई नदिनुपर्ने कारण के छ ? यो त पार्टीको आन्तरिक चुनाव होइन नि । चुनाव जित्नुपरेन अरूले ? म त अहिले पनि ४/५ घण्टा सुतेर १८ घण्टा बढी जनताको काम गरिरहेको छु । त्यसकारण म नै काँग्रेसको टिकट पाएर जित्ने उम्मेदवार हुँ । काँग्रेसका १६ जना मेयरका उम्मेदवार थिए यस अगाडि पनि । त्यो चुनावमा १६ जनामध्ये १ जना पनि चुनाव प्रचारमा हिँडेनन् । मसँग प्रमाण छ । त्यति हुँदा पनि मैले ५/६ हजार बढी मत ल्याएर जितेको हुँ ।
चुनावमा मैले धेरै खर्च गरेको पनि होइन । मेरो व्यक्तिगत खर्च साढे ३ लाख मात्रै भयो । अन्य पार्टी तथा समर्थकहरूले नै खर्च गरिदिए । भोलि पनि म पैसा बाँडेर राजनीति गर्दिनँ, बरु हार्न तयार छु ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले तेह्रथुममा संस्थापनलाई पराजित गर्न ढुङ्गेलले बेहोरेको सकस
-
गोरखाको द्रव्यशाह क्याम्पसमा दुनाटपरी गाँस्ने तालिम
-
गौरीटार रङ्गशालाको काम समयमै सक्न मन्त्री महर्जनको निर्देशन
-
ककनी–२ मा कांग्रेसकाे घरदैलो कार्यक्रम तीव्र
-
विप्लव नेकपाका नेता कार्यकर्ता माओवादी केन्द्रमा समाहित
-
भर्जिनियामा मापसे गरी गाडी कुदाउँदा २ नेपाली युवाको मृत्यु, चालकविरुद्ध ज्यान मार्ने उद्योग मुद्दा