द कश्मिर फाइल्स : कपिल शर्माले अनुपम खेरलाई किन भने धन्यवाद
फिल्म द कश्मिर फाइल्समा एउटा डाइलग छ, ‘जबसम्म सत्यले जुत्ता लगाएको हुन्छ, तबसम्म झुट संसारभरी घुम्छ ।’
हेर्नेहरुका अनुसार यो एउटा डाइलग मात्रै होइन, फिल्मको रिभ्यु हो । तर पर्दा बाहिर पनि यो डाइलग फिल्मका लागि एकदम सटिक साबित भइरहेको छ ।
फिल्मको विषयमा सोसल मिडियामा विभिन्न प्रकारका दाबी गरिँदै छ, केही वास्तविकता त केही झुटा । झुटो दाबीको असर यो हो कि मनोरञ्जनको जगतका चर्चित अनुहार कपिल शर्माले ट्वीटरमा आएर स्पष्टिकरण दिनुपरेको छ ।
यद्यपि, जुन कारणले कपिल शर्मालाई ट्वीटरमा ट्रोल गरिएको थियो, त्यो कुरा अब स्पष्ट भएको छ ।
के थियो मामिला ?
फिल्मको विषयमा एक विवाद त्यतिबेला सुरु भयो जब कमेडी शोका होस्ट कपिल शर्माले द कश्मिर फाइल्सलाई आफ्नो शोमा प्रोमोट गर्न अस्वीकार गरे भन्ने आरोप लाग्यो ।
सोसल मिडियामा मानिसले कपिल शर्मामाथि कपिल डराएका कारण फिल्म प्रोमोट गर्न अस्वीकार गरिरहेको बताए ।
सवाल पूछने वाला aira gaira नहीं होता हैं। @MikaSingh जी आप जैसे लोगों को हमी लोगों ने star बनाया है। गलत फहमी में मत रहिए आप लोग @KapilSharmaK9 । @swatantrasoul अपने आप मे सम्मानित है, उन्होंने जो पूछा वो सही पूछा था। #ShameOnYou #kashmirifiles #KashmirGenocide #Kashmir_Files https://t.co/7rUeLSE2BL
— Kashmir files (@Rajvard15943451) March 13, 2022
यद्यपि, त्यसपछि कपिल शर्माको तर्फबाट पनि जवाफ दिइयो ।
उनले ट्वीटलाई रिट्वीट गर्दै लेखे, ‘यो साँचो होइन ।’
यह सच नहीं है rathore साहब 😊 आपने पूछा इसलिए बता दिया, बाक़ी जिन्होंने सच मान ही लिया उनको explanation देने का क्या फ़ायदा. Just a suggestion as a experienced social media user:- never believe in one sided story in today’s social media world 😊 dhanyawaad 🙏 https://t.co/pJxmf0JlN5
— Kapil Sharma (@KapilSharmaK9) March 10, 2022
ट्वीटरमा कपिल शर्मा बेस्सरी ट्रोल भए । यद्यपि, उनले स्पष्टिकरण दिएपछि पनि ट्रोलसले उनको पिछा छोडेनन् । फलस्वरुप, द कश्मिर फाइल्सका साथै कपिल शर्मा पनि केही समयका लागि ट्रेन्ड हुन थाले ।
तर अब यो झुटो संसारभरी चक्कर लगाएर फिर्ता भइसकेको छ भने साँचो पनि जुत्ताको तुना बाँधेर अगाडि उभिएको छ ।
वास्तवमा, टाइम्स नाउको एउटा शोमा द कश्मिर फाइल्सका मुख्य अभिनेता अनुपम खेरले यो मुद्दाबारे त्यो कुरा गरेका छन् जुन यो विवादको दोस्रो पाटो हो ।
Thank you paji @AnupamPKher for clarifying all the false allegations against me ❤️🙏 और उन सब दोस्तों का भी शुक्रिया जिन्होंने बिना सच जाने मुझे इतनी मोहब्बत दी 😃 खुश रहिए, मुस्कुराते रहिये 🙏 #thekapilsharmashow #Isupportmyself 🤗 pic.twitter.com/hMxiIy9W8x
— Kapil Sharma (@KapilSharmaK9) March 14, 2022
टाइम्स नाउको कार्यक्रममा पाहुना बनेका अनुपम खेरले भने, ‘पुरा इमान्दारिताका साथ म यो भन्न चाहन्छु कि मलाई शोका लागि फोन आएको थियो र मैले आफ्ना म्यानेजर (हरमन) लाई यो फिल्म असाध्यै सिरियस भएकोले त्यहाँ जान नसक्ने बताएको थिएँ ।’
अनुपम खेरले यो दुई महिना अघिको कुरा भएको बताएका छन् ।
उनले भने, ‘म योभन्दा अघि दुई चार पटक शोमा गइसकेको छु र त्यो मनोरञ्जनात्मक शो हो । यो फिल्मसँग एउटा फनी शो गर्न निकै मुश्किल छ ।’
कपिल शर्माले यो भिडियो क्लिपलाई आफ्नो ट्वीटर ह्यान्डलमा सेयर गरेका छन् । उनले यसका लागि अनुपम खेरलाई धन्यवाद भनेका छन् ।
उनले भिडियो क्लिप सेयर गर्दै ट्वीट गरेका छन्, ‘मविरुद्ध लागिरहेको सबै झुटो आरोपमाथि स्पष्टिकरण दिएकोमा धन्यवाद अनुपम खेर पाजी ।’
यो ट्वीटमा उनले ती व्यक्तिमाथि पनि कटाक्ष गरेका छन् जसले उनीमाथि आरोप लगाएका थिए ।
उनी थप्छन्, ‘र ती सबै साथीभाइलाई पनि धन्यवाद जसले वास्तविकता थाहा नपाइकनै मलाई प्रेम दिए । खुसी हुनुहोस्, हाँसिरहनुहोस् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी