द कश्मिर फाइल्सको सोसल मिडियामा यति धेरै चर्चा किन ?
‘तर के कश्मिरी पण्डित कश्मिरस्थित आफ्नो घर जाने मौका पाउलान् ?’
फिल्म ‘द कश्मिर फाइल्स’ को यो एउटै डाइलगले पूरा फिल्मको कहानी बयान गर्छ ।
सोसल मिडिया, राजनीतिक फाँट, फिल्म र मनोरञ्जन क्षेत्र र यहाँसम्म कि घर–घरमा पनि यो फिल्म पछिल्लो समय चर्चाको केन्द्रमा छ ।
कश्मिरी पण्डितहरु कश्मिरबाट पलायनमा आधारित निर्देशक विवेक अग्निहोत्रीको यो फिल्म ११ मार्चमा रिलिज भएको छ । थुप्रै थिएटरमा फिल्म हाउसफूल भइरहेको छ । देशका चार राज्यले फिल्मलाई कर मुक्त घोषणा गरेको छ । संयोगले यी चारै राज्य (हरियाणा, मध्य प्रदेश, कर्नाटक र गुजरात) बिजेपीद्वारा शासित छ । फिल्मका निर्माता अभिषेक अग्रवाल हुन् ।
‘द कश्मिर फाइल्स’ को रिलिज अघि आलिया भट्ट–सञ्जय लिला भंसालीको फिल्म ‘गंगुबाई काठियावाठी’ रिलिज भएको थियो र यो कुरा ‘द कश्मिर फाइल्स’ का लागि चुनौती मानिँदै थियो ।
दोस्रो चुनौती साउथका सुपरस्टार प्रभाषको फिल्म राधे–श्याम हो । यो पनि ‘द कश्मिर फाइल्स’ सँगै रिलिज भएको थियो । ठूला फिल्मसँग भीडन्त हुँदा पनि द कश्मिर फाइल्स फिल्मले हालसम्म २७ करोडभन्दा बढीको कारोबार गरेको छ ।
I am so glad for you @AbhishekOfficl you have shown the courage to produce the most challenging truth of Bharat. #TheKashmirFiles screenings in USA proved the changing mood of the world in the leadership of @narendramodi https://t.co/uraoaYR9L9
— Vivek Ranjan Agnihotri (@vivekagnihotri) March 12, 2022
कोरोना महामारीपछि ठूलो पर्दामा रिलिज भएका केही मात्रै फिल्मले दर्शकमाझ प्रभाव पार्न सफल भएको छ । सुरुवाती दिनमा ‘द कश्मिर फाइल्स’ ले जस्तो प्रतिक्रिया पाएको छ, त्यसपछि सिनेमा जगतसँग जोडिएका कारोबारी यो फिल्मबाट ठूलो आशावादी भएका छन् ।
यसैबीच, फिल्मबारे विवाद पनि सुरु भएको छ ।
नरेन्द्र मोदीसँग विवेक अग्निहोत्रीको तस्बिरः
यो फिल्म ११ मार्चमा रिलिज भयो र १२ मार्चमा विवेक अग्निहोत्रीको नरेन्द्र मोदीसँगको एउटा तस्बिर भाइरल भयो ।
फिल्मका निर्माता अभिषेक अग्रवालले नरेन्द्र मोदीसँग एउटा तस्बिर सेयर गर्दै लेखे, ‘प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट्ने सौभाग्य पाएँ । र विशेष यो भयो कि फिल्म द कश्मिर फाइल्सका लागि उनको तर्फबाट तारिफ पाएँ । धन्यवाद मोदी जी ।’
अभिषेकको यो ट्वीटलाई रिट्वीट गर्दै विवेक अग्निहोत्रीले लेखे, ‘म तपाईंका लागि असाध्यै खुसी छु अभिषेकले आफ्नो भारतको सबैभन्दा चुनौतीपूर्ण वास्तविकतालाई निर्माण गर्ने साहस देखाए । द कश्मिर फाइल्सको अमेरिकामा स्क्रिनिङ हुनुले यो देखाउँछ कि नरेन्द्र मोदीको नेतृत्वमा संसारको मुड फेरिएको छ ।’
सवाल पूछने वाला aira gaira नहीं होता हैं। @MikaSingh जी आप जैसे लोगों को हमी लोगों ने star बनाया है। गलत फहमी में मत रहिए आप लोग @KapilSharmaK9 । @swatantrasoul अपने आप मे सम्मानित है, उन्होंने जो पूछा वो सही पूछा था। #ShameOnYou #kashmirifiles #KashmirGenocide #Kashmir_Files https://t.co/7rUeLSE2BL
— Raj vardhan Singh (@Rajvard15943451) March 13, 2022
यो तस्बिर भाइरल भएपछि विभिन्न खालका प्रतिक्रिया आए । केहीमा फिल्मका लागि विवेक अग्निहोत्रीको तारिफ गरियो । यस्तै, केहीले यसलाई राजनीतिबाट टाढै राख्न अपिल गरे ।
‘कपिल शर्मा शो’ मा प्रोमोशनसँग जोडिएको विवादः
फिल्मको विषयमा एउटा विवाद त्यतिबेला सुरु भयो जब कमेडी शो होस्ट कपिल शर्मामाथि द कश्मिर फाइल्सलाई आफ्नो शोमा प्रामोट गर्नका लागि अस्विकार गरे भन्ने आरोप लाग्यो ।
सवाल पूछने वाला aira gaira नहीं होता हैं। @MikaSingh जी आप जैसे लोगों को हमी लोगों ने star बनाया है। गलत फहमी में मत रहिए आप लोग @KapilSharmaK9 । @swatantrasoul अपने आप मे सम्मानित है, उन्होंने जो पूछा वो सही पूछा था। #ShameOnYou #kashmirifiles #KashmirGenocide #Kashmir_Files https://t.co/7rUeLSE2BL
— Raj vardhan Singh (@Rajvard15943451) March 13, 2022
सोसल मिडियामा मानिसले मानिसले कपिल शर्मा डराएका र त्यसैले उनले यो फिल्म प्रोमोट गर्नका लागि अस्विकार गरेको आरोप लगाए ।
यद्यपि, त्यसपछि कपिल शर्माको तर्फबाट जवाफ आयो ।
यह सच नहीं है rathore साहब 😊 आपने पूछा इसलिए बता दिया, बाक़ी जिन्होंने सच मान ही लिया उनको explanation देने का क्या फ़ायदा. Just a suggestion as a experienced social media user:- never believe in one sided story in today’s social media world 😊 dhanyawaad 🙏 https://t.co/pJxmf0JlN5
— Kapil Sharma (@KapilSharmaK9) March 10, 2022
उनले ट्वीटलाई रिट्वीट गर्दै लेखे, ‘यो साँचो होइन ।’
यो ट्वीटमाथि गरिएको एउटा कमेन्टमा कपिल शर्मालाई ‘के तपाईं विवेक अग्निहोत्रीलाई आफ्नो शोमा आउने निम्तो दिनुहुनेछ ?’ भनेर प्रश्न सोधे, यसको जवाफमा कपिल शर्माले त दिएनन् तर विवेक अग्निहोत्रीले ट्वीट गरेर भने, ‘अहँ ।’
कपिल शर्माालाई सोसल मिडियामा निकै ट्रोल गरियो ।
कतिले ट्वीट गर्दै ‘के हामीले गुजरातमा मुसलमानको नरसंहारको पनि भर्त्सना गर्नेछौँ ?’ भनेर प्रश्न सोधे ।
कश्मिरसँगै गुजरात दंगाको पनि चर्चाः
‘द कश्मिर फाइल्स’ को रिलिजसँगै गुजरात दंगाको चर्चा सुरु भएको छ ।
एक दलित फाइल्स फिल्म भी बननी चाहिए।बिहार में रणवीर सेना ने जिस तरह शंकर बीघा, लक्ष्मण पुर बाथे, बथानी टोला में दलित नरसंहारों को अंजाम दिया वह सबके सामने आना चाहिए।गर्भवती महिलाओं और छोटी मासूम बच्चियों संग.. किया गया। इसमें यूपी के हाथरस की घटना bhi ani chiye
— yadav (@vikasy33) March 14, 2022
अभिनेता र फिल्म समीक्षक केआरकेले ट्वीट गरेका छन्, ‘विवेक अग्निहोत्री निश्चित रुपमा अर्को फिल्म गोधरामा बनाउनेछन् ।’
एक अन्य ट्वीटर ह्यान्डलबाट लेखिएको छ, ‘जस्तै कि विवेक अग्निहोत्रीले एउटा राम्रो फिल्म बनाएका छन् र कश्मिरी पण्डितको पीडा देखाएका छन् । यस्तोमा अब म विवेकसँग आशा गर्छु कि उनले गुजरात दंगाबारे पनि फिल्म बनाउन् र आखिर वास्तवमा के भएको थियो भने वास्तविक घटना सुनाउन् ।’
I am 100% sure that @vivekagnihotri next film will be #GodhraFiles which will be one more blockbuster!
— KRK (@kamaalrkhan) March 14, 2022
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
-
आज दोस्रो क्वालिफायर : हारले घाइते जनकपुर र जितले उत्साहित कर्णालीबिच ‘गर या मर’ को भिडन्त
-
लिभरपुल, आर्सनल र न्यूक्यासल काराबाओ कपको सेमीफाइनलमा
-
आज कसलाई कति शुभ ? हेर्नुहोस् राशिफल
-
विदेशी मुद्राको विनिमय दर, कसको मूल्य कति पुग्यो ?
-
ला लिगाका दुबै खेल टुंगिए बराबरीमा