जसपा केन्द्रीय समितिको बैठक बस्दै
जनता समाजवादी पार्टी नेपालको केन्द्रीय समितिको बैठक आज बस्दै छ । बिहान ११ बजे डिल्ली बजारको एक पार्टी प्यालेसमा बस्ने बैठकमा स्थानीय तहको चुनाव र पार्टीको विधान अधिवेशन लगायतको विषयमा छलफल हुने बताइएको छ ।
जसपा संघीय परिषद्को पहिलो बैठक हिजो सम्पन्न भएको थिए । सो बैठकमा परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सो प्रतिवेदन सर्वसम्मतिले पास भएको छ । सोही राजनीतिक प्रतिवेदनलाई केन्द्रीय समितिको बैठकमा पनि छलफल गरिने जसपाका नेता विश्वदीप पाण्डेले बताए ।
बैठकमा कार्यकारिणी समितिको विस्तार, कार्यविभाजन, नेतृत्व प्रणालीको बारेमा छलफल हुने बताइएको छ । हिजोको संघीय परिषद्को बैठकमा अध्यक्ष भट्टराईले जसपा एक ढिक्का भएर अगाडि बढ्ने घोषणा गरेका थिए । जसपा एक ढिक्का भएर चुनावमा जाने भन्दै पार्टीमा रहेका सबै विवाद व्यवस्थापन भइसकेको पनि धारणा राखेका थिए ।
पार्टीमा कार्यकारी अध्यक्षको विषयलाई जसपाका अध्यक्ष उपेन्द्र यादव र अध्यक्ष भट्टराईबीच आन्तरिक द्वन्द्व चलिरहेको थियो । पार्टी नै विभाजन हुने अवस्थामा पुगेको थियो परिषद् तथा केन्द्रीय समितिको बैठकले ती सबै समस्या समाधान गरिने नेताहरू बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेचन झा र प्रतिक थापालाई थुनामै पठाउन उच्च अदालतको आदेश
-
मस्कले साँच्चै दिन लागेका हुन् २ करोड डलर क्रिप्टो दान ?
-
अर्थमन्त्री पौडेल थाइल्याण्ड प्रस्थान
-
नेपालमै अन्तःशुल्क स्टिकर छाप्ने परिस्थिति निर्माण गर्छौं : मन्त्री गुरुङ
-
१३ वर्षपछि सिरियामा दूतावास खोल्दैछ कतार
-
वार्षिक १० हजार जनालाई रोजगारी दिने ‘कर्णाली समृद्धि परियोजना’ अलपत्र