‘इटहरीको मेयर नपाए झुण्डिएर मर्दिनँ’
पूर्वी नेपालको उदीयमान सहर हो– इटहरी । बढ्दो जनघनत्वको चापलाई हेर्दा सुनसरी जिल्लाका दुई उपमहानगरपालिकामध्ये धरानलाई उछिनेर यो सहर चाँडै महानगरपालिका बन्ने सम्भावना देखिन्छ । सहरको रौनक जति बढिरहेको छ, यहाँको मेयर बन्नका लागि पनि त्यत्तिकै दौडधूप बढेको छ । इटहरी उपमहानगरपालिकाको मेयर बन्नका लागि यतिखेर ठेकदार, पूर्वमन्त्री र खेलाडीका नेतासम्मले चाहना देखाएका छन् ।
इटहरी उपमहानगरपालिकाको मेयरका लागि नेपाली काँग्रेसबाट ठेकदार एवं व्यवसायी भीम पौडेल दाबेदार रहेका छन् । त्यसैगरी काँग्रेस नेता हेमकर्ण पौडेल र रोहित प्रसाईं पनि मेयरका दाबेदार हुन् । नेकपा एमालेबाट केन्द्रीय नेता एवं पूर्वसांसद रेवतीरमण भण्डारीले समेत मेयरमा चाहना देखाएका छन् । एकीकृत समाजवादीका तर्फबाट पूर्वराखेप सचिव केशव विष्ट मेयरका दाबेदार हुन् । उनी एकीकृत समाजवादीका केन्द्रीय सदस्य छन् । वर्तमान मेयर द्वारिकलाल श्रेष्ठ र उपमेयर लक्ष्मी गौतमसमेत यसपटक मेयरमा चुनाव लड्ने सोचाइमा छन् ।
इटहरीका वर्तमान मेयर एवं नेकपा एमालेका नेता द्वारिकलाल चौधरी कडा स्वभाव र पत्रकारसँग परिरहने ठाकठुकका कारण बेलाबखत राष्ट्रिय चर्चामा आउने गरेका छन् । बुधबार अपरान्ह कुराकानीका लागि सम्पर्क गर्दा उनले भने, ‘म पानीमाथिको बिल्डिङमा छु, आउने भए पाँच मिनेटभित्र आउनू, नभए हिँड्छु ।’
उपमहानगरपालिकामा पुग्दा मेयर चौधरी प्रमुख प्रशासकीय अधिकृत राम चरित्र मेहेताको कार्यकक्षमा सोफामा बसिरहेका थिए । पोखरीमाथि बनेको सो भवनमा सेवाग्राहीहरूको भीडभाड थियो । दिनभर शिलान्यास उद्घाटन लगायतका कार्यक्रममा दौडधूप गरेका उनी थाकेका जस्ता देखिन्थे । इटहरीमा गर्मीसमेत चढिसकेको छ, यसै पनि उनी सधैँ तातिएजस्ता देखिने मेयर हुन् ।
मेयर चौधरीले सेवाग्राहीकै भिडबाट पत्रकारलाई प्रश्न गरे,‘भन्नुहोस् मैले के सेवा गरौँ ?
हामीले भन्यौँ, त्यस्तो सेवा केही गर्नुपरेन । वैशाख ३० गते स्थानीय चुनाव आउन लागेको छ, सुनसरी र विशेष गरी इटहरीको राजनीतिक स्थिति के छ ? तपाईंंको विश्लेषण सुन्न आएको । हाम्रो त्यस्तो गोप्य कुरा पनि केही छैन, यहीँ सामुहिकरुपमै अन्तरवार्ता दिनुभए पनि हुन्छ ।’
कडा मिजासका नगरप्रमुख चौधरीले भने, ‘मेरो केही पनि विश्लेषण छैन । म राजनीतिक विश्लेषण–सिस्लेषण गर्दिनँ, म त विकास निर्माणको चिन्ता गर्ने जनताको प्रतिनिधि हुँ ।’
यति भनिसकेर उनी सेवाग्राहीसँग गफिन थाले । एकजना महिला कर्मचारीले समिति गठनको प्रस्ताव लिएर आइन् । मेयरले त्यसमा नामहरू प्रस्ताव गरे । एकजना वडाध्यक्षको समस्या सुल्झाए । अनि अल्छी गर्दै हामीसँग कुराकानीका लागि तयार भए । यस्तो लाग्थ्यो, उनी पत्रकारहरूसँग कुरा गर्नुपर्दा दिक्क छन् । तथापि उनले प्रश्नहरूको जवाफचाहिँ कम्युनिस्ट शैलीमा व्याख्यात्मक पारामै दिए ।
‘तपाईंं इटहरीको मेयरमा दोहोरिन चाहनुहुन्छ भन्ने सुनिन्छ नि ?’ यस्तो प्रश्न सोध्नासाथ मेयर चौधरी झ्वाँक्किए, ‘केको दोहोर्याउने ? चोहोर्‍याउने हो । तीनचोटि जनप्रतिनिधि भइसकेको छु, अब चारचोटि हुने हो । केको दोहोर्याउने ?’
प्रस्तुत छ इटहरी उपमहानगरपालिका मेयर एवं नेकपा एमालेका नेता चौधरीसँग रातोपाटीले गरेको कुराकानीको सम्पादित अंश :
तपाईं दुईचोटि हाँसपोसा गाविसको अध्यक्ष र एकपटक इटहरी उपमहानगरपालिकाको मेयर भइसक्नुभयो । आगामी वैशाख ३० गते स्थानीय तहको चुनाव हुँदैछ । तपाईं फेरि मेयर बन्न इच्छुक हुनुहुन्छ कि थाक्नुभयो ?
मेरो राजनीतिक जीवन पनि त्यति लामो होइन । उमेरको हिसाबले पनि म ५४ औँ वसन्त पार गरेर ५५ मा हिँड्दैछु । अहिलेसम्म पार्टी जिम्मेवारीतर्फ फर्केर हेर्दाखेरि म हाँसपोसा गाउँ कमिटीको सदस्य भएँ । त्यसपछि इलाकाको उपसचिव भएँ । ०५४ सालमा जिल्ला कमिटीको सदस्य, सचिव, उपाध्यक्ष र कार्यवाहक अध्यक्ष हुँदै नेकपा एमालेको सुनसरी जिल्ला कमिटी अध्यक्षको जिम्मेवारी निर्वाह गरेँ । प्रदेश कमिटीको सदस्यको जिम्मेवारी निर्वाह गरेँ ।
यता संसदीय फाँटको हिसाबमा मैले दुईपटक हाँसपोसा गाविसको अध्यक्षको जिम्मेवारी सम्हालेँ । हाँसपोसा अहिले इटहरीमा एकीकृत भएको भूगोल र जनसङ्ख्याको हिसाबले ठूलो गाविस हो । म पहिलो संविधानसभामा समानुपातिकतर्फको उम्मेदवार पनि भएँ । अहिले मैले इटहरी नगरप्रमुखको जिम्मेवारी सम्हालिराखेको छु ।
यसो समीक्षा गर्दाखेरि यो पार्टी जीवनमा उमेरको हिसाबले मैले छोटो समयमा धेरै महत्त्वपूर्ण जिम्मेवारी निर्वाह गरेँ । यो संसदीय फाँटमा मभन्दा कति सिनियर र सक्षम मान्छेहरूले पनि जनप्रतिनिधिको भूमिका निर्वाह गर्न पाएका छैनन् । यो कस्तो हुँदो रहेछ भने संसदीय राजनीतिमा ‘मास पोलिटिक्स’ गर्ने भन्छन् नि, त्योखालको ‘पोस्चर’ त चुनाव लड्नकै लागि पार्टीले सदस्यता दिएको वा चुनाव लड्नकै लागि पार्टीमा लागेजस्तो देखियो । तर, यथार्थमा त्यो हैन ।
फेरि मेयरमा चुनाव लड्ने कि नलड्ने ?
हिजो हाम्रो बेग्लै उद्देश्य थियो । पार्टी प्रवेश गर्दाखेरि सर्वहारा श्रमजीवी जनताको मुक्तिका लागि हामीले कम्युनिस्ट पार्टीको सदस्यता लिएका हौँ । त्यतिखेर मुलुकमा निरङ्कुश राजतन्त्र थियो, त्यसलाई अन्त्य गर्ने र गणतन्त्रको स्थापना गर्ने भन्ने थियो । यद्यपि हाम्रो रणनीतिक लक्ष कम्युनिस्टहरूको जनगणतन्त्र स्थापना गर्ने थियो । तर, अहिले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ । हामीले चाहेको चाहिँ सर्वहारा श्रमजीवीको नेतृत्वमा जनगणतन्त्र स्थापना हुन्छ भन्ने हो ।
हिजो त हाम्रो पार्टीमा कस्तो थियो भने लाभको दाबी नगर्ने । सुविधाको दाबी नगर्ने । लाभ र सुविधाको कुरा छ भने सहकर्मी साथीहरूलाई दिने । अवसर अरू साथीहरूलाई दिने र आफूले अप्ठ्यारो रोज्ने । तर, अहिले त के छ भने लाभको कुरा आयो भने आफूले दाबी गर्ने प्रचलन आइसक्यो । यो मैले केही दशक अगाडिदेखि नै महसुस गरिसकेँ । यो हाम्रो पार्टीको आन्तरिक जीवनको कुरामा धेरै बोल्न पनि मिलेन ।
तर, ०६२–०६३ को आन्दोलनको कुरा गर्दाखेरि अब नेपाली काँग्रेसका नेता गिरिजाबाबुको नेतृत्वमा संघीय समावेशी आन्दोलन सफल भयो । पछिल्लो मधेस आन्दोलनको कारणले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भयो । तीनै तहको निर्वाचनमार्फत यो संस्थागत पनि भइसक्यो । र, अब फेरि स्थानीय तहको निर्वाचन घोषणा भइसकेको छ ।
अहिले बुर्जुवा पार्टीको नेतृत्वमा समाजवादी पार्टीहरू अथवा कम्युनिस्ट पार्टीहरूको समेत गठबन्धन बनेको छ । लोकतान्त्रिक पनि के भनौँ, अहिलेको गठबन्धन बडो विचित्रको छ । घनघोर बुर्जुवाको नेतृत्व गर्ने नेपाली काँग्रेसको नेतृत्वमा आफूलाई बडो क्रान्तिकारी भनाउँदाहरूको गठबन्धन बनेको छ ।
अर्को, हाम्रो पनि यता के छ भन्दाखेरि नेकपा एमालेको नेतृत्वमा मैले देखिराखेको छु, पूर्वपञ्च, राजावादी अथवा मधेस केन्द्रित दलहरूका बीचमा गठबन्धन हुन्छ कि भन्ने मलाई लागेको छ । यद्यपि म पार्टीको आधिकारिक निकायमा छैन । त्यसैले भन्न सक्दिनँ, के हुन्छ हेर्दै जाऔँ ।
मेयरमा तपाईंको दाबी छ कि छैन ?
हिजो त हाम्रो पार्टीमा कस्तो थियो भने लाभको दाबी नगर्ने । सुविधाको दाबी नगर्ने । लाभ र सुविधाको कुरा छ भने सहकर्मी साथीहरूलाई दिने । अवसर अरू साथीहरूलाई दिने र आफूले अप्ठ्यारो रोज्ने । तर, अहिले त के छ भने लाभको कुरा आयो भने आफूले दाबी गर्ने प्रचलन आइसक्यो । यो मैले केही दशक अगाडिदेखि नै महसुस गरिसकेँ । यो हाम्रो पार्टीको आन्तरिक जीवनको कुरामा धेरै बोल्न पनि मिलेन ।
मैले उम्मेदवारी घोषणा गर्दै हिँडेको पनि छैन । मैले दाबी गर्दै हिँडेको पनि छैन । उहिले पनि मैले अध्यक्ष दाबी गरेको होइन । मैले सांसद दाबी गरेको होइन । मेयरको टिकट दिएनौ भने झुण्डिएर मर्छु अथवा विद्रोह गर्छु भन्या पनि होइन । पार्टीले आवश्यक ठानेर मलाई टिकट दियो । फेरि पनि पार्टीले आवश्यक ठानेर दियो भने चाहिँ म त्यसलाई नकार्दिनँ । तर, मलाई नै हुनुपर्छ भनेर दाबी गर्दै पनि हिँड्दिनँ । तर, परिस्थितिले कहाँ पुर्याउँछ, भन्न पनि सक्दिनँ ।
अहिले निकै अनुशासनको कुरा गर्ने व्यक्तिहरूलाई पनि सूर्य चिन्हबाट जित्ने अनि रुखमा भोट हाल्नलाई लाज लागेको छैन । आफूलाई क्रान्तिकारी भनाउँदाहरूले अहिले घनघोर बुर्जुवा अथवा मधेस केन्द्रित दललाई नेता मानिरहेका छन् ।
नामै किटौँ न, उपेन्द्र यादवलाई सहजै नेता मानिरहेका छन् बाबुराम भट्टराई । सहजै नेता स्वीकार गर्नुभएको छ अशोक राई । त्यसकारण भन्न सकिन्न, यो राजनीतिक कुरा हो । साथीहरू तँ महाभारतको अलि बढी चर्चा गर्छस् भन्छन् । एउटा समय कालखण्डसँग सहयात्रा हुन्छ । जस्तै– पाण्डवहरूको पनि सहयात्रा एउटा कालखण्डसम्म भयो । पछि युधिष्ठिरजीले स्वर्गको यात्रा गरौँ न भन्दा अरू कोही गएनन् । द्रौपदी पनि गइनन्, अरू चार भाइ पनि गएनन् । साथमा अर्कै जीव गयो, त्यो जीवको नाम नलिऔँ ।
म पार्टीको इमान्दार सिपाही हुँ । पार्टीले जे काम लगाउँछ, त्यही काम गर्ने हो । इतिहास छ नि त, बलिदान गर भन्दाखेरि साइनाइट पनि बोकेर हिँड्थे कार्यकर्ताहरू । दुस्मनले घेराबन्दी गर्यो भने यातना खेप्नु र गोप्य कुरा खोल्नुभन्दा साइनाइट खाइदिने । इतिहासमा त्यस्तो पनि थियो । तर, अहिलेचाहिँ नेपालका पार्टीहरूमा त्यो ‘लौह अनुशासन’ छैन । नेतामा पनि छैन, कार्यकर्तामा पनि छैन ।
त्यसकारण यो राजनीतिक सहयात्रा पनि हिजो पचासौँ वर्षसम्म गरेका माधव, झलनाथ, केपी ओलीको अहिले सहयात्रा टुटेको छ । लामै सहयात्रा भएका हिजो आरके मैनाली, सीपी मैनालीको सहयात्रा पनि टुटिराखेको छ । त्यसकारण उम्मेदवारीको कुरा गर्दा राजनीतिमा भविष्यवाणी गर्ने कुरा त्यति उपयुक्त नहोला ।
इटहरी चोकतिर चिया पसलमा सुनेको कुरा– द्वारिकालाल चौधरी मेयरमा पुनः दोहोरिने पक्षमा हुनुहुन्छ । तर, एमालेले उहाँलाई टिकट दिने सम्भावना कमै छ । तर, पार्टीले टिकट दिएन भने उहाँ विद्रोह गरेरै भए पनि उम्मेदवार बन्ने पक्षमा हुनुहुन्छ । के यो सही हो ?
अब यहाँ एउटा सञ्चार माध्यम छ अनलाइन हो कि के हो, मैले केही टिप्पणी आलोचना गर्दा त्यसमा लेख्या छन् । उम्मेदवारहरू फलाना–फलाना छन्, अहिलेका मेयर पनि आफू दाबेदार छन्, अनि आफूलाई पन्छाउँछन् कि भनेर अनेक खालका वितण्डा मच्चाउँदै हिँडेका छन् लेखेका छन् । तर, यथार्थ के हो भने आजका मितिसम्म मैले आफ्नो राजनीतिक जीवनमा टिकटका लागि कहिल्यै पनि वितण्डा मच्चाइनँ ।
जहाँसम्म सुनसरीले एकपटक आन्दोलन, विद्रोह गरेको थियो । समानुपातिकतर्फको म उम्मेदवार थिएँ । पहिलो भोटचाहिँ एमालेले ल्याएको थियो । तर, सुनसरीबाट समानुपातिकमा छनोट गरेन । समानुपातिकमा मेरो नाम भएको हुनाले मलाई पार्टीले छनोट गर्छ भन्ने कार्यकर्ता र मतदातामा पनि विश्वास थियो । तर, त्यो नभएपछि हाम्रो पार्टीका जिम्मेवार साथीहरूले जिल्ला पार्टी कार्यालयमा तालाबन्दी गर्नुभएको थियो ।
त्यतिखेर पनि मेरो नेतृत्वमा विद्रोह भयो, मैले गरेँ भनेर आरोप लगाए । एउटा उखान छ नि केस काट्नु कमाराको टाउकामा । मालिकले त बिगार्यो भने दनक दिइहाल्छ । हिरोकोमा काट्यो भने पनि दनक दिइहाल्छ । गुण्डाले झन् बाँकी राख्दैन । त्यस्तै भइराखेको छ ।
उसोभए पार्टीले जे भन्छ, त्यो मान्न तपाईं तयार हुनुहुन्छ ?
म पार्टीको इमान्दार सिपाही हुँ । पार्टीले जे काम लगाउँछ, त्यही काम गर्ने हो । इतिहास छ नि त, बलिदान गर भन्दाखेरि साइनाइट पनि बोकेर हिँड्थे कार्यकर्ताहरू । दुस्मनले घेराबन्दी गर्यो भने यातना खेप्नु र गोप्य कुरा खोल्नुभन्दा साइनाइट खाइदिने । इतिहासमा त्यस्तो पनि थियो । तर, अहिलेचाहिँ नेपालका पार्टीहरूमा त्यो ‘लौह अनुशासन’ छैन । नेतामा पनि छैन, कार्यकर्तामा पनि छैन ।
हामीले संघीय समावेशी लोकतान्त्रिक गणतन्त्रको कुरा गरिराखेका छौँ । यो कुरा जनताले राज्यसत्तामा खोज्छन् । जस्तै– संघीय सरकारको नेतृत्व कसले गर्यो ? सभामुख को छ ? प्रधानमन्त्री, राष्ट्रपति को छ ? प्रदेशको सरकार बन्दा कुन–कुन जातिले नेतृत्व गर्यो ? गुरुङले गर्यो, राईले गर्यो, थारुले त कहीँ पनि गरेन । सभामुख कोको भयो प्रदेशको ? थारु त कहीँ पनि भएन । अरू कम्युनिटीको पनि यस्तै हो ।
तपाईं जनप्रतिनिधि भएको हुनाले जनताको बीचमा गइरहनुभएको छ । इटहरी उपमहानगरपालिकामा फेरि नेकपा एमालेले नै जित्ने सम्भावना कत्तिको देख्नुहुन्छ ?
बाहिरचाहिँ नेताहरूले एक्लै बहुमत ल्याउँछु भन्छन् । गएको स्थानीय निर्वाचनमा माओवादीको गठबन्धन काँग्रेससँग थियो । ६ महिनापछि नै युर्टन भयो । ६ महिनापछि काँग्रेसलाई छाडेर एमालेसँग भयो । एकीकरण भएको डेढ–दुई वर्ष पनि सहकार्य भएन । सैद्धान्तिक, वैचारिक हिसाबले मार्गदर्शक सिद्धान्त पनि निर्क्योल नभइकन हतारमा एमाले र माओवादीको एकता भएको भएको थियो । त्यतिखेर पनि एमालेसँग बहुमत थिएन । बहुमत नभएको कारणले गर्दा हाउसमा बहुमत ल्याएर दुई तिहाई नजिकको सरकार बन्यो तर त्यो टिक्न सकेन ।
अहिले फेरि पार्टी फुटाएर गठबन्धन त्यतातिर भइराखेको छ । त्यो गठबन्धन किन आवश्यक थियो भन्दाखेरि अहिले एमालेविरुद्ध घेराबन्दी छ । जसरी पनि एमालेलाई रोक्ने । अब त्यो भयो भनेचाहिँ... । अभिमन्यु त वीरै थिए नि त । तर, चक्रव्यूहमा परेपछि एक्लो वीरले त हुने रहेनछ । भन्दाखेरि त मै पनि भाषण गर्छु – उहिलेको अभिमन्युले चक्रव्यूह तोड्न सकेको थिएन तर एमालेका योद्धाहरूले चाहिँ बैरीहरूको सबै खाले चक्रव्यूह तोडेर विजयी गराउनेछन् भन्छु । तर, स्थिति त्यति सजिलो छैन । निकै चुनौतीपूर्ण नै हुन्छ । यद्यपि एमाले कमजोर भइसकेको छैन ।
इटहरी उपमहानगरपालिकालाई धेरै खाले जातजातिहरूको बसोबास भएको सहरका रूपमा लिने गरिएको छ । जातीय क्लष्टर हेर्दाखेरि बसाइँ सरेर आउनेहरू पनि थपिएका थपियै छन् । थारु लगायत आदिवासी जनजातिहरूको बाहुल्य पनि उत्तिकै छ । यो अवस्थामा इटहरीको चुनावमा जातीय फ्याक्टरको भूमिका कस्तो होला ?
पछिल्लो जनगणनाबाट इटहरी उपमहानगरपालिकामा ३६ जातजातिका मान्छेहरू देखिए । सन् २०१२ को जनगणनाले सिंगै सुनसरीमा १८ प्रतिशत थारुहरू देखिन्थे । अर्थात् ६ लाखमध्ये एक लाख थारुहरू देखिन्थे । खास गरिकन चारवटा निर्वाचन क्षेत्रमध्ये दुई नम्बर र तीन नम्बर क्षेत्रमा थारुहरूको बाहुल्य देखिन्छ । त्यहाँ २८, ३० प्रतिशत थारुहरू देखिन्छन् । इटहरीमै पनि २०१२ को जनगणनामा झण्डै ३० प्रतिशत नै थारुहरूको जनसङ्ख्या देखिन्थ्यो । रामधुनीमा ६० प्रतिशतभन्दा बढी थारुहरू छन् ।
कुनैबेला माधव नेपाल महान् भन्ने मान्छे थिए । पाँचवर्ष अगाडिसम्म माधव नेपाललाई महान् भन्ने मान्छेहरू अहिले माधव नेपाललाई गद्दार भन्छन् । मैले हिजो पनि माधव नेपाललाई महान् भनिनँ, अहिले पनि गद्दार भनेको छैन । उहाँले गल्ती गर्नुभयो भन्छु म । उहाँ हाम्रै नेता हो, म उहाँलाई सम्मान आदर गर्छु ।
हामीले संघीय समावेशी लोकतान्त्रिक गणतन्त्रको कुरा गरिराखेका छौँ । यो कुरा जनताले राज्यसत्तामा खोज्छन् । जस्तै– संघीय सरकारको नेतृत्व कसले गर्यो ? सभामुख को छ ? प्रधानमन्त्री, राष्ट्रपति को छ ? प्रदेशको सरकार बन्दा कुन–कुन जातिले नेतृत्व गर्यो ? गुरुङले गर्यो, राईले गर्यो, थारुले त कहीँ पनि गरेन । सभामुख कोको भयो प्रदेशको ? थारु त कहीँ पनि भएन । अरू कम्युनिटीको पनि यस्तै हो ।
त्यसैले सुनसरीमा पनि सघनता भएको खास कम्युनिटी छ । पहिले त थारु भैहाल्यो, यादव छ, मुस्लिम छ । मेहता छ । बाहुन क्षेत्रीहरू पनि छन् । जनजाति छन् । सुनसरीका १२ वटा स्थानीय तह छन्, त्यहाँ जनताले आफ्नो अनुहार खोज्छन् ।
इटहरीको मात्रै सवाल रहेन । यो चाहिँ सुनसरीका राजनीतिक दलहरूले उम्मेदवारी टुङ्ग्याउँदा यो कुराको ख्याल गर्नुपर्छ । र, यो ख्याल गर्दै पनि आएका छन् । जस्तै– नेपाली काँग्रेसबाट उम्मेदवार बनाउँदाखेरि विजय गच्छदार त कहिल्यै छुट्नुभएको छैन । एमालेमा पनि कुनै न कुनै निर्वाचन क्षेत्रबाट थारु छुटेका छैनन् । बाहुन क्षेत्री पनि छुटेका छैनन् । कहिले यादव, कहिले मुसलमान पनि भइराखेको छ । त्यसकारण मलाई विश्वास छ, राजनीतिक दलहरूले यहाँको सामाजिक बनोटलाई ध्यानमा राखेर काम गर्नुपर्छ ।
अहिलेका जनता भनेका संघीय लोकतान्त्रिक गणतन्त्रका जनता हुन् । ०४६, ०५६, ०६६ अथवा ०७६ का जनता होइनन् । २०७८ सालका जनता हुन् । यो चेतना भएका जनता हुन् । त्यसकारण दलले डिक्टेट गर्दैमा हुँदैन । कतिपय ठाउँमा देखिएको छ नि त सघन संगठन भएको ठाउँमा पनि हाम्रो दलले जितेन । उपनिर्वाचन हुँदा हाम्रै दलबाट पनि पराजय भोगिएको छ । मैले यतिमात्रै भन्न चाहेँ ।
तपाईंकहाँ माधव नेपाल आएर बास बस्नुभयो अनि एमाले पार्टीको सुनसरी अधिवेशनमा तपाईंले पराजय व्यहोर्नुपर्यो भन्ने चर्चा पनि छ नि ? खास कुरो के हो ?
कुनैबेला माधव नेपाल महान् भन्ने मान्छे थिए । पाँचवर्ष अगाडिसम्म माधव नेपाललाई महान् भन्ने मान्छेहरू अहिले माधव नेपाललाई गद्दार भन्छन् । मैले हिजो पनि माधव नेपाललाई महान् भनिनँ, अहिले पनि गद्दार भनेको छैन । उहाँले गल्ती गर्नुभयो भन्छु म । उहाँ हाम्रै नेता हो, म उहाँलाई सम्मान आदर गर्छु ।
अहिले पनि मैले केपी ओली महान् भनेको छैन । उहाँ क्षमता भएको, क्रान्तिकारी त हुँदै हो, तर महान् भनिहालेको छैन । हामी महान् मार्क्स, महान् लेनिन, महान् माओ भन्छौँ । तर, ओलीलाई महान् चाहिँ मैले भनेको छैन । श्रद्धेय पार्टीका आदरणीय अध्यक्ष भन्छु । महान् भनेर मैले सम्बोधन गरेको छैन ।
म त रामजस्तै । जोगीजस्तै आएँ, जोगीजस्तै जान्छु । म जसरी आएको थिएँ, मेरो सम्पत्ति एक रुपैयाँ पनि बढेको छैन बरु घट्यो होला । त्यसकारण सके मठ सुधार्छु, नसके जस्ताको त्यस्तै जान्छु ।
नेपालको पोलिटिक्स हेर्ने हो भने यिनै राजनीतिक दल र यिनै नेतृत्वको वरिपरि घुमिराखेको छ । म त यहाँको प्रमुख हो नि, त्यसकारण इटहरीको विकास र समृद्धि चाहन्छु । माधव नेपाल हिजो हारेर पनि प्रधानमन्त्री हुनुभयो । अहिले पनि हेर्दाखेरि बहुमतको सरकार बन्ने देखिँदैन, किनभने समानुपातिक निर्वाचन प्रणाली छ । ‘हङ पार्लियामेन्ट’ भयो भने माधवकुमार नेपाल फेरि पनि प्रधानमन्त्री हुने सम्भावना छ । अहिले उहाँ गठबन्धनमा हुनुहुन्छ । उहाँको दलबाट मन्त्रीहरू छन् । दुईवटा प्रदेशमा उहाँका मुख्यमन्त्री छन् । त्यसकारण मेरो विकास निर्माण इत्यादिको कुरा हो ।
अस्ति मुख्यमन्त्री राजेन्द्र राई पनि आउनुभयो । ईश्वर पोखरेल पनि आउनुभयो । भीम आचार्य पनि आउनुभयो । मेरोमा कोही पनि तिम्रोमा आउँदिनँ भन्दैन । पाहुनालाई स्वागत सत्कार गर्नैपर्‍यो । अझ म त स्थानीय सरकारको प्रमुख हुँ नि त । त्यसकारण प्रदेशको मुख्यमन्त्रीलाई स्वागत गर्नु, राजेन्द्र राई आउनु, पूर्वप्रधानमन्त्रीलाई स्वागत गर्नु स्वाभाविकै हो । माथि बालकोटमा चाहिँ देउवा जान हुने, बालुवाटारमा अरू जान हुने यहाँ मैले छोइछिटो हाल्नुपर्ने हुन्छ र ? त्यस्तो त हुँदैन नि ।
एमालेमै रहेर अन्तरघात गर्नेहरू माधव नेपालको एकीकृत समाजवादीतिर गए अब पार्टीमा अन्तरघात हुँदैन भन्ने दाबी एमालेका नेताहरूले गरेको सुनिन्छ । तैपनि एमालेभित्र अझै झगडा भइरहेको देखिन्छ । तपाईंमाथि पनि भोलि अन्तरघात होला । यस्तो घात– अन्तरघातबाट कहिले मुक्त हुन्छ एमाले ?
सुन्नुस्, यो रामराज्य होइन । रामराज्यमा पनि पिताजी दशरथले रामलाई राजा बनाउने घोषणा गरेका थिए, बाबु राम, तिमी स्नान गरेर आऊ, राज्यभिषेक दिन्छु भनेका थिए । त्यहाँ पनि स्नान गरेर दरबार प्रवेश गर्न नपाउँदै नोटिस भयो, रामचन्द्र तिमी जंगल जाऊ, भरतलाई राज गर्न देऊ । एकजना मन्थरा भड्केको कारणले ।
महाभारतमा त यस्तो जालझेल छँदैछ । एकजना सकुनीले १२ वर्ष वनवास, एक वर्ष गुप्तवास अनि द्रौपदीको चीरहरण गराएरै छाडे ।
यहाँ त एक मन्थरा होइन, यहाँ त एक सकुनी होइन, हजार सकुनी छन् । हजार मन्थरा छन् । सकुनीका हजार भान्जा छन् । त्यसकारण आफ्ना भाञ्जाहरूलाई ताज पहिर्‍याउनका लागि अनेक षडयन्त्र हुन सक्छ । नेपालको राजनीति हो फेरि । त्यसकारण म यसलाई अन्यथा मान्दिनँ ।
म त रामजस्तै । जोगीजस्तै आएँ, जोगीजस्तै जान्छु । म जसरी आएको थिएँ, मेरो सम्पत्ति एक रुपैयाँ पनि बढेको छैन बरु घट्यो होला । त्यसकारण सके मठ सुधार्छु, नसके जस्ताको त्यस्तै जान्छु ।
अब म अलिकति अभ्यस्त पनि भइसक्या छु । मैले ०४९, ०५४ अनि ०५९ मा विश्राम लिँदाखेरि ठूलो पीडा भोग्नुपरेको थियो । न विदेश जान सक्थेँ, न जागिर गर्न सक्थेँ । न मसँग पुँजी थियो, व्यापार गर्न सक्थेँ । त्योबेला छोराछोरी पढाउनुपर्ने, त्यतिबेलै खर्चबर्चको समस्या आएको थियो । बिरामी बाबुलाई उपचार गर्नुपर्ने । मुटुको सर्जरी गर्नुपर्ने, मसँग पैसा नभएका कारणले सकिनँ । सायद बुबाको सर्जरी गरेको भए अझै १० वर्ष बाँच्नुहुन्थ्यो । त्यो स्थिति खेपेको थिएँ ।
अहिलेचाहिँ टर्मिनेसन लिइसकेपछि मैले के गर्ने ? मैले गोठ सुधार गरिसकेँ । गाई थप्छु । कुटी काट्ने मेसिन ल्याउँछु । आफ्नै खेतीबारी खन्छु ।
भनेपछि, द्वारिकालाल चौधरीले मेयरको टिकट पाएन भने विद्रोह गरेर भए पनि उठ्छ भन्ने इटहरीबासीमा भ्रम रहेछ हैन त ?
मान्छेहरूलाई भ्रम छ । म सोझो देखिँदा पनि उनीहरूलाई के छ भने यो हाँसपोसाको मान्छे हो, त्यति सोझो भए चारपटक उम्मेदवार हुन्थ्यो ? अनि नेकपा एमाले सुनसरी जिल्ला कमिटीको अध्यक्षसम्म हुन्थ्यो ? त्यसकारण यो भित्रको निकै चतुर र जालीझेली छ भनेर मेरो भूमिकाबाट भ्रमितचाहिँ भएकै हुन् । यो मलाई थाहा छ ।