रंगेलीका मेयर र उपमेयर नै एमालेमा प्रवेश
बुधबार, २५ फागुन २०७८, १४ : ५७

माओवादी केन्द्रबाट निर्वाचित मोरङको रंगेली नगरपालिकाका मेयर र उपमेयर नेकपा एमालेमा प्रवेश गरेका छन् । मेयर दिलिप कुमार अग्रवाल र उपमेयर केशव कुमारी खराललाई एमाले अध्यक्ष केपी शर्मा ओलीले बुधबार रंगेलीमै आयोजित एक कार्यक्रमबीच पार्टी प्रवेश गराएका हुन् ।
एमालेका मोरङ अध्यक्ष ऋषिकेश पोखरेलका अनुसार मेयर, उपमेयरसहित ४ हजार ७ सय १० जना पार्टी प्रवेश गरेका छन् ।
पार्टी प्रवेश गर्नेमा रंगेली नगरपालिका वडा नम्बर ७ का अध्यक्ष रामचन्द्र मण्डल र वडा नम्बर १ का महेशकुमार खनालपनि रहेका छन् । एमालेमा प्रवेश गरेका अध्यक्ष मण्डल र खनाल पनि माओवादी केन्द्रबाटै निर्वाचित भएका थिए ।
यो पनि
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षकहरूको मागअनुरुप विद्यालय शिक्षा ऐन पारित गर्न कांग्रेसको माग
-
दुई जना किशोरी बलात्कृत
-
अध्यादेशमार्फत ऐन बनाउने सरकारले शिक्षकका मागलाई बेवास्ता गर्नु निन्दनीय : माओवादी केन्द्र
-
सञ्चालनमा आयो हेटौँडा सिमेन्ट उद्योग, मंगलबारबाट क्लिङ्कर उत्पादन थाल्ने
-
रवि लामिछाने भैरहवा कारागारको चार नम्बर ब्लकमा
-
निलमलाई कायम मुकायम गभर्नरको जिम्मेवारी