रंगेलीका मेयर र उपमेयर नै एमालेमा प्रवेश
बुधबार, २५ फागुन २०७८, १४ : ५७
माओवादी केन्द्रबाट निर्वाचित मोरङको रंगेली नगरपालिकाका मेयर र उपमेयर नेकपा एमालेमा प्रवेश गरेका छन् । मेयर दिलिप कुमार अग्रवाल र उपमेयर केशव कुमारी खराललाई एमाले अध्यक्ष केपी शर्मा ओलीले बुधबार रंगेलीमै आयोजित एक कार्यक्रमबीच पार्टी प्रवेश गराएका हुन् ।
एमालेका मोरङ अध्यक्ष ऋषिकेश पोखरेलका अनुसार मेयर, उपमेयरसहित ४ हजार ७ सय १० जना पार्टी प्रवेश गरेका छन् ।
पार्टी प्रवेश गर्नेमा रंगेली नगरपालिका वडा नम्बर ७ का अध्यक्ष रामचन्द्र मण्डल र वडा नम्बर १ का महेशकुमार खनालपनि रहेका छन् । एमालेमा प्रवेश गरेका अध्यक्ष मण्डल र खनाल पनि माओवादी केन्द्रबाटै निर्वाचित भएका थिए ।
यो पनि
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गत आवमा नेपालगन्ज भन्सारमा २० अर्ब राजस्व सङ्कलन
-
राज सिग्देलको सुमधुर गजलमा झुम्यो दोहा
-
नागरिक अगुवा पाण्डेलाई विभिन्न नेता तथा शुभचिन्तकद्वारा श्रद्धाञ्जली, तस्बिरहरू
-
नेपालकै सबैभन्दा ठुलो च्यारिटी साइकलिङ अभियान, तस्बिरमा हेर्नुहोस्
-
इरानमा लगातार सातौं रात अमेरिकी सेनाको हवाई आक्रमण
-
डीएनए परीक्षणले खोल्यो ४ हजार वर्ष पुरानो कङ्कालको रहस्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
