काठमाडौंको रामकोटमा परिवारका ५ सदस्यले विष खाए, १ जनाको मृत्यु *

काठमाडौंको नागार्जुन नगरपालिकास्थित रामकोटमा एकै परिवारका ५ जनाले विष खाएका छन् । विष सेवनबाट नागार्जुन नगरपालिका–६ डाँडापौवामा डेरा लिएर बस्ने सुवर्णमान प्रधानको मृत्यु भएको छ ।
परिवारका ५ सदस्यले विष सेवन गरेको र एकजनाको अस्पतालमा मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी सुदिप गिरीले रातोपाटीलाई बताए ।
विष सेवनपछि अचेत अवस्थामा फेला परेका ४ जनालाई स्वयम्भूस्थित मनमोहन अस्पतालमा पठाइएको छ । उनीहरु डा.उद्धव पुरीको घरमा डेरामा बस्दै आएका थिए । अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरुकाअनुसार घटनास्थलमा सल्फस लगायत किटनाशक औषधीका बट्टा भेटिएका छन् ।
प्रहरीका अनुसार ३८ वर्षीय भीम प्रधान, ३५ वर्षीया मन्दिरा डंगोल, ६२ वर्षीया ईन्दिरामाया प्रधान र ११ वर्षीया सुप्रेण प्रधानको उपचार भइरहेको छ । सोमबार बिहान ललितपुरको कोञ्ज्योसोम गाउँपालिका–४ स्थित नल्लुमा २ दिने शिशुसहित ५ जनाको मृत्यु भएको थियो । घरमा सुतिरहेको अवस्थामा ४ जना मृत भेटिएका हुन् भने दुई वर्षीय शिशुलाई उपचारका लागी लैजाँदै गर्दा पाटन अस्पतालमा मृत्यु भएको थियो ।
(यसअघि प्रकाशित समाचारमा प्रहरीको सूचनाको आधारमा अन्यथा हुन गएको हुनाले सच्याइएको छ ।–सम्पादक)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिगमा चेल्सी फेरि हार्यो
-
दोस्रो स्थानको आर्सनललाई घरेलु मैदानमै झट्का
-
महाशिवरात्रि : आकर्षक बनाइँदै पशुपति क्षेत्र
-
१२ बजे, १२ समाचार : फुङलिङमा आन्दोलनरत पक्ष र प्रहरीबीच झडपदेखि कुलमान र उर्जामन्त्री खड्काबीच चुलिँदो विवादसम्म
-
देशलाई समृद्ध बनाउने मुख्य आधार युवा जनशक्ति : स्वास्थ्यमन्त्री पौडेल
-
झापा–११ सेमिफाइनलमा प्रवेश