कोन्ज्योसोम घटना : निसासिएर ५ जनाको ज्यान गएको प्रहरीको निष्कर्ष
ललितपुरको कोन्ज्योसोम गाउँपालिका–४ स्थित नल्लुमा २ दिने शिशुसहित ५ जनाको मृत्यु भएको छ । घरमा सुतिरहेको अवस्थामा ४ जना मृत भेटिएका छन् । दुई वर्षीय शिशुलाई उपचारका लागी लैजाँदै गर्दा पाटन अस्पतालमा मृत्यु भएको छ ।
बेहोस अवस्थामा भेटिएका २३ वर्षीय शुभ स्याङतानको पाटन अस्पतालमा उपचार भइरहेको छ । घटनास्थलमा गएर फरेन्सिक चिकित्सकको टोली र प्रहरी अधिकृतहरूले अनुसन्धान गरिरहेका छन् । घटनास्थलमा गएका ललितपुरका एसएसपी यज्ञविनोद पोखरेलकाअनुसार परिवारका सदस्यहरु घरभित्र आगो बालेर सुतेको र भेन्टिलेसन नभएको भेटिएको छ ।
मृत्युको यकिन कारण खुल्न बाँकी रहेको जानकारी दिँदै प्रहरी वरिष्ठ उपरीक्षक यज्ञ विनोद पोखरेलले रातोपाटीसँग भने–‘झ्याल, ढोका बन्द गरेर सुतेको र आगो बालेको हुनाले निसास्सिएको हुनसक्ने आशंका गरेका छौं, थप अनुसन्धान हुँदै छ ।’
सुस्मा स्याङतान (२३ वर्षीया) ले दुई दिनअघि बच्चा जन्माएकी थिइन् । बच्चालाई न्यानोमा राख्न उनीहरुको कोठामा आगो बालेर सुतेको भेटिएको छ । दुई वर्षीय शिशु र अरु ५ जना एउटै कोठामा सुतेका थिए । पाटन अस्पतालमा उपचार गराइरहेका शुभ स्याङतान दुई दिनअघि जन्मिएका शिशुको बुवा हुन् ।
सुतिरहेको अवस्थामा मृत फेला पर्नेहरुमा ५५ वर्षीया काँइली स्याङतान, ९ वर्षका आशिष स्याङतान, २३ वर्षीया सुस्मा स्याङतान, ७ वर्षकी आस्मा स्याङतान छिन् । प्लाष्टर गरेको र जस्ताको छानो भएको एकतले घरमा उनीहरु मृत भेटिएका हुन् । अनुसन्धानमा संलग्न एकजना प्रहरी अधिकृतका अनुसार घरभित्र हावा छिर्ने र बाहिर निस्कने भेन्टिलेसन थिएन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
