शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

संसद विघटन र अर्ली इलेक्सन : सत्ता पक्ष नै विभाजित !

आइतबार, २२ फागुन २०७८, १६ : ४७
आइतबार, २२ फागुन २०७८

संसद विघटन र अर्ली इलेक्सनका बारेमा सत्तारुढ दलकै नेताहरूबाट विपरित धारणा सार्वजनिक भएका छन् । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका नेताले अर्ली इलेक्सनको कुनै सम्भावना नभएको बताइरहँदा अर्को सत्तारुढ दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले भने संसदको अवरोध जारी रहे संसद विघटन र अर्ली इलेक्सनको विकल्प नभएको बताएका हुन् ।

आइतबार संसद भवन परिसरमा एकीकृत समाजवादीका अध्यक्ष समेत रहेका सत्ता गठबन्धनका नेता नेपालले एमालेले संसद अवरोध जारी राखे अर्ली इलेक्सनको विकल्प नहुने बताएका हुन् भने माओवादी केन्द्रका नेता वर्षमान पुनले अर्ली इलेक्सन सम्भव नरहेको बताएका हुन् ।

‘संसद चल्न पनि नदिने, भत्तासत्ता खाने, केही गतिविधि गर्न पनि नदिने, संसद्मा केपी ओलीको वितण्डाको सामना गर्नलाई यसलाई भंग गर्दिने, न संसद रहन्छ न हंगामा गर्ने ठाउँ रहन्छ अनि चुनावमा जाने’, अध्यक्ष नेपालको भनाइ छ ।

तर माओवादी केन्द्रका नेता वर्षमान पुनले भने नेता नेपालको भनाइको खण्डन गर्दै अर्ली इलेक्सनको सम्भावना नरहेको बताएका छन् । ‘५ बर्षमा संघीय, प्रदेश र स्थानीय चुनाव हुने गर्छ, यो संवैधानिक व्यवस्था छ । यसरी हेर्दा अर्ली इलेक्सनको अव सम्भावना छैन’, नेता पुनको भनाइ छ । तर उनले मंसिर लागेपछि भने संसदको निर्वाचन गर्न सकिने बताए । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप