शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

स्थानीय तहको चुनाव सार्नेबारे छलफल भइरहेको छ : माधव नेपाल

संसद विघटनको पक्षमा माधव नेपाल, बर्षमानले भने– सम्भावना छैन
आइतबार, २२ फागुन २०७८, १६ : ०३
आइतबार, २२ फागुन २०७८

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको निर्वाचन सार्नेबारे छलफल चलिरहेको बताएका छन् । प्रतिनिधिसभाको बैठकपछि संसद भवन परिसरमा सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै उनले आगामी वैशाखको स्थानीय तहको निर्वाचन सार्नेबारे छलफल भइरहेको बताएका हुन् । 

स्थानीय तह निर्वाचन सार्न खोज्नु भएको हो भन्ने सञ्चारकर्मीको जिज्ञासामा उनले भने, ‘ अब म भन्न सक्दिन, त्यो पनि कुरा चलिरहेको छ ।’ उनले प्रतिनिधिसभा भंग गरेर जानुपर्ने पनि बताए ।  यद्यपि स्थानीय तहको निर्वाचनपछि भंग गरेर जाने या त्यसअघि नै भन्नेबारे चाहिँ उनले स्पष्ट पारेनन् । यो विषय सत्ता गठबन्धनमा छलफल गरेर प्याकेजमै टुंगो लगाइने उनले बताए । 

प्रतिपक्षी दल एमालेले निरन्तर संसद अवरोध गरेकाले अब विघटनमा जानु नै उत्तम हुने उनको भनाइ छ । ‘संसद विघटनबारे हल्ला त चल्नु स्वभाविकै हो नि । संसद चल्न पनि नदिने केही गतिविधि गर्नै नदिने । हाउसलाई पंगु बनाउने र  भत्ता सत्ता मात्रै खाने’, उनले भने, ‘हामीलाई पनि हैरान पार्ने, अब केपी ओलीको वितण्डालाई सामना गर्न यसलाई भंग गरिदिने । न संसद रहन्छ न हंगामा गर्ने ठाउँ नै रहन्छ । अनि चुनाव भइहाल्छ ।’

बैठकपछि माओवादी केन्द्रका नेता वर्षमान पुनले भने अर्ली इलेक्सनमा जान नसक्ने धारणा राखे । आगामी वैशाखमा स्थानीय निर्वाचनको मिति घोषणा भइसकेकाले अब प्रतिनिधिसभाको ‘अर्ली इलेक्सन’ सम्भावना नै रहेको उनले बताए । 

उनले भने, ‘स्थानीय निर्वाचन वैशाखमा हुने भएपछि अब कार्तिक वा मंसिर नभइ प्रतिनिधिसभाको निर्वाचन सम्भावना छैन । कानुनी रुपले, अभ्यासका हिसाबले, परम्परागत रुपमा पनि मङसिरपछि पाँच वर्ष पूरा भइसक्ने हुँदा यसपछि पनि निर्वाचन गर्न मिल्दैन । साथै, हाम्रो देशको भौगोलिक अवस्था, मौसम आदिले पनि दुई सिजनभन्दा बाहेक निर्वाचन गर्न सक्दैनौँ । अब अर्ली भन्दैमा भदौ असोजअघि निर्वाचनको सम्भावना छैन ।’

यसैगरी एमाले नेता सुवास नेम्वाङले भने विगतमा आफूहरु अर्ली इलेक्सनको पक्षमा भएपनि अब भने सरकारले निर्णय गरेमा पनि आफूहरु सोच्न बाध्य हुने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप