प्रचण्डको निष्कर्ष : एमालेले चाहेर सभामुख हटाउन सक्ने अवस्था छैन
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सभामुख अग्निप्रसाद सापकोटालाई महाअभियोगबाट हटाउन सक्ने अवस्था नरहेको बताएका छन् । केन्द्रीय कमिटीको शुक्रबारको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् । एमालेले सभामुखलाई हटाइनुपर्ने धारणा राख्दै आएको सन्दर्भमा प्रचण्डले एमालेले महाभियोग नै लगाएपनि हटाउन सक्ने अवस्था नरहेको बताएका हुन् ।
‘अहिलेकै अवस्थामा सभामुख हट्ने अवस्था छैन । महाभियोग लगाइहाले पनि उहाँकै विषयमा चर्चा गर्ने बेलामा संसदको अध्यक्षता उहाँले गर्नुहुन्न । बाँकी बेलामा संसदको अध्यक्षता गर्न उहाँलाई संविधान र कानुनले कहीँ बन्देज लगाएको छैन’, प्रचण्डले भने, ‘यसकारण सभामुख हट्न सक्ने अवस्था भएन ।’
जटिल अवस्थामा संसदको प्रक्रिया अघि बढेको भएपनि एमालेले विगतमा दुई पटकसम्म संसद विघटन गरेको भन्दै प्रचण्डले अहिले पनि संसदको औचित्य छैन भन्ने सावित गर्न पनि अवरोधमा लागिरहेको बताए ।
प्रचण्डले एमसीसीमा अप्रत्यक्ष रुपमा एमालेले विरोध गरेजस्तो गरेपनि पारित भने गर्न दिएको बताए । सदनको अवरोध हटाउने कुरा र विपक्षीको अराजनीतिक गतिविधिलाई दवाव बढाउन जरुरी रहेको पनि प्रचण्डले बताएको एक नेताले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्यटन समितिका सभापति यादव र नेमकिपा सांसद सुवालबिच भनाभन
-
राष्ट्रिय परिचयपत्र विवाद : प्रधान न्यायाधीशसहितको पूर्ण इजलासमा सुनुवाइ हुँदै
-
काठमाडौँमा बलात्कार गरेर फरार युवक सिन्धुलीबाट पक्राउ
-
अस्ट्रेलियामा सातौँ तलाबाट खसेर नेपाली नर्सको मृत्यु
-
आर्मीसँग ७६ रनले पछि परे पनि बागमतीद्वारा पाली समाप्तिको घोषणा
-
लेखा समिति सभापति ऋषिकेश पोखरेलका पूर्व स्वकीय सचिव पोखरेल पक्राउ