शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

एमसीसी पास भएपछि सत्ता गठबन्धन चुनावसम्म जाने निश्चित भयो : प्रचण्ड

शुक्रबार, २० फागुन २०७८, १४ : २२
शुक्रबार, २० फागुन २०७८

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्ता गठबन्धन आगामी चुनावसम्म जाने निश्चित भएको बताएका छन् । प्रतिनिधिसभाबाट एमसीसी पास भएसँगै गठबन्धनभित्र देखिएको अन्योलता हटेको बताउँदै प्रचण्डले अबचाहिँ गठबन्धन चुनावसम्मै जाने निश्चित भएको बताएका हुन् । 

पार्टीको शुक्रबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै प्रचण्डले देशको राजनीतिले नयाँ कोर्स पक्रिएको बताएको एक नेताले बताए ।  ‘गठबन्धन टुट्ने हो कि राष्ट्रिय राजनीति नै फेरि अन्योल र प्रतिगमनतिरै जाने हो कि भन्ने महसुश गरिएको थियो ।

त्यसमा एमसीसीसँग भएका मतमतान्तर नै कारक थियो’, प्रचण्डको भनाइ उद्धृत गर्दै ती नेताले भने, ‘गठबन्धन बनाउँदा एमसीसीलाई सर्तको रुपमा राखेको होइन । साझा नीति कार्यक्रममा पनि एमसीसीमा राखिएको होइन । समय बित्दै जाँदा गठबन्धनभित्र एमसीसीको विषयले प्राथमिकता प्राप्त गर्दै गयो । त्यसमा मतमतान्तर भएपनि निकास दिइयो । अबचाहिँ गठबन्धन पनि निर्वाचनसम्म सुरक्षित रहने करिब निश्चित भयो ।’

प्रचण्डले निरन्तर संसदमा अवरोध हुन नसक्ने भन्दै प्रतिपक्षी सदन खुलाउन तयार नभए नयाँ विकल्पमा जानुपर्ने पनि धारणा राखेको ती नेताको भनाइ छ ।

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप