एमसीसीबारे केन्द्रीय समिति बैठकमा प्रचण्डको रिपोर्टिङ
शुक्रबार, २० फागुन २०७८, १४ : ०२
नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले एमसीसीबारे रिपोर्टिङ गर्ने भएका छन् । शुक्रबार राष्ट्रियसभा गृहमा सुरु भएको केन्द्रीय समिति बैठकमा प्रचण्डले एमसीसीबारे रिपोर्टिङ गर्ने एजेण्डा तय भएको एक नेताले बताए ।
माओवादीले गत मंसिरमा सम्पन्न भएको महाधिवेशनका साथसाथै पार्टीको बैठकले एमसीसी यथास्थितिमा पास गर्न नगर्न निर्णय गरेको थियो । तर अन्तिम समयमा माओवादीले १२ बुँदे व्याख्यात्मक घोषणालाई टेकेर एमसीसी पारित गर्न सघाएको थियो ।
तर, सोही निर्णयलाई लिएर माओवादीभित्र विवाद चर्किएको छ भने नारायणकाजी श्रेष्ठ समूहले यही विषयमा लफडा निकाल्दा पार्टी फुटतिर गएको टिकाटिप्पणी समेत भएको छ । यही पृष्ठभूमिमा प्रचण्डले एमसीसीमा पार्टीको अडान र लिनुपरेको निर्णयबारे केन्द्रीत रहेर सदस्यहरुलाई ब्रिफिङ गर्ने बुझिएको छ ।
यो पनि...
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इप्पानका प्रतिनिधि र भारतीय राजदूतबिच भेटघाट
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण