शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

एमसीसीबारे केन्द्रीय समिति बैठकमा प्रचण्डको रिपोर्टिङ

शुक्रबार, २० फागुन २०७८, १४ : ०२
शुक्रबार, २० फागुन २०७८

नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले एमसीसीबारे रिपोर्टिङ गर्ने भएका छन् । शुक्रबार राष्ट्रियसभा गृहमा सुरु भएको केन्द्रीय समिति बैठकमा प्रचण्डले एमसीसीबारे रिपोर्टिङ गर्ने एजेण्डा तय भएको एक नेताले बताए । 

माओवादीले गत मंसिरमा सम्पन्न भएको महाधिवेशनका साथसाथै पार्टीको बैठकले एमसीसी यथास्थितिमा पास गर्न नगर्न निर्णय गरेको थियो ।  तर अन्तिम समयमा माओवादीले १२ बुँदे व्याख्यात्मक घोषणालाई टेकेर एमसीसी पारित गर्न सघाएको थियो । 

तर, सोही निर्णयलाई लिएर माओवादीभित्र विवाद चर्किएको छ भने नारायणकाजी श्रेष्ठ समूहले यही विषयमा लफडा निकाल्दा पार्टी फुटतिर गएको टिकाटिप्पणी समेत भएको छ ।  यही पृष्ठभूमिमा प्रचण्डले एमसीसीमा पार्टीको अडान र लिनुपरेको निर्णयबारे केन्द्रीत रहेर सदस्यहरुलाई ब्रिफिङ गर्ने बुझिएको छ ।

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप