आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

माओवादी संसदीय दलको बैठक बस्दै

आइतबार, १५ फागुन २०७८, ०६ : ००
आइतबार, १५ फागुन २०७८

व्याख्यात्मक घोषणासहित एमसीसी पारित गर्ने सत्तारुढ दलमा सहमति बनेसँगै नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठक बस्ने भएको छ । नयाँ बानेश्वरको संघीय संसद् भवनमा रहेको ल्होत्से हलमा माओवादी केन्द्रको संसदीय दलको बैठक बस्न लागेको हो ।

अमेरिकी सहयोग परियोजना (एमसीसी) प्रतिनिधिसभाबाट आजै पास गर्ने सत्ता गठबन्धनमा सहमति भएको छ । आइतबार प्रतिनिधिसभाको दोस्रो बैठक राखेर एमसीसी अनुमोदन गर्न गठबन्धनमा सहमति जुटेको छ । आइतबार बिहान बालुवाटारमा बसेको गठबन्धनको बैठकले एमसीसीलाई इण्डोप्यासिफिक रणनीति अन्तर्गत नभई आर्थिक सहयोगका रुपमा व्याख्या गर्दै पहिलो चरणको संसद बैठकमा एमसीसी सम्झौतासहित व्याख्यात्मक घोषणा प्रस्ताव पेश हुने र त्यसपछि दोस्रो पटक बैठक राखेर अनुमोदन गर्ने निर्णय भएको नेता पौडेलले बालुवाटार बैठकपछि सञ्चारकर्मीलाई जानकारी दिए ।

यसअघि माओवादी केन्द्रले व्याख्यात्मक घोषणासहित एससीसीलाई पारित गर्ने निर्णय गरिसकेको । बिहान बसेको पार्टीको केन्द्रीय कार्यालयको विस्तारित बैठकले सो निर्णय गरेको हो ।  बैठकमा नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, गिरिराजमणि पोखरेल, लीलामणि पोखरेल र देव गुरुङले असहमति जनाएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप