एमसीसीको ‘व्याख्यात्मक टिप्पणी’मा पाँच माओवादी नेताको असहमति
व्याख्यात्मक टिप्पणीसहित मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित गर्ने गठबन्धनको तयारी प्रति नेकपा (माओवादी) केन्द्रका पाँच नेताले असहमति जनाएका छन् । यसबारे छलफल गर्न आइतबार बिहान केन्द्रीय कार्यालयको अनौपचारिक नेताहरुको बैठक बसेको थियो । बैठकमा नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, गिरिराजमणि पोखरेल, लीलामणि पोखरेल र देव गुरुङले असहमति जनाएको पार्टी स्रोतले बताएको हो ।
नेता लीलामणि पोखरेलले ‘व्याख्यात्मक टिप्पणी’सहित एमसीसी अनुमोदन गर्ने विषयमा आफ्नो गम्भीर असहमति रहेको बताए । ‘व्याख्यात्मक टिप्पणीको कुनै अर्थ छैन भनेर मैले पार्टी बैठकमा पनि प्रतिवाद गरेँ, म लगायत अन्य साथीहरूले पनि साथ दिनुभयो’, उनले भने, ‘यसले देश र जनताको भावनाको प्रतिनिधित्व गर्दैन । यसले देशलाई नोक्सान मात्रै हुन्छ ।’
बैठकमा संविधान र गठबन्धनलाई जोगाउन बीचको बाटो खोज्नुपर्यो नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले संविधान र गठबन्धन जोगाउनका लागि एमसीसीमा बीचको बाटो खोज्नुपर्ने बताएका थिए । संविधान र प्रणालीलाई जोगाउन निरन्तर आइसोलेशनमा बसेर पनि नहुने प्रचण्डको भनाइ थियो । प्रचण्डले पार्टीले संशोधनबिना पारित गर्न नहुने भनेपनि संशोधन अमेरिकाले मान्यो भने बीचको बाटो खोज्नुपर्ने बताएको एक नेताले रातोपाटीलाई जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण