बालुवाटारबाट माधव नेपाल बाहिरिए
आइतबार, १५ फागुन २०७८, ०३ : ००
प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक सुरु भए लगत्तै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल बालुवाटारबाट बाहिरिएका छन् ।
अध्यक्ष नेपाल बैठक सुरु भएको ५ मिनेटमै बालुवाटारबाट बाहिरिएका हुन् । बालुवाटारबाट बाहिरिने क्रममा नेता नेपालले कुनै प्रतिक्रिया दिएका छैनन् । यद्यपि उनी पार्टी बैठकका लागि गठबन्धनको बैठक छोडेर हिँडेको हुनसक्ने बताइएको छ । एकीकृत समाजवादीको स्थायी समिति बैठक ११ बजेका लागि बोलाइएको छ । व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन गर्ने सत्ता गठबन्धनको तयारी छ ।
यो पनि
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
