मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

सत्ता गठबन्धनको बैठक बालुवाटारमा सुरु

आइतबार, १५ फागुन २०७८, ०४ : ००
आइतबार, १५ फागुन २०७८

अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजना अनुमोदन गर्ने विषयमा सत्ता गठबन्धनको बैठक बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार गठबन्धनको बैठक सुरु प्रधानमन्त्री शेरबहादुर देउवा प्रमुख स्वकीय सचिव भानु देउवाले रातोपाटीलाई बताए । १० बजे बस्ने भनिएको बैठक प्रचण्ड ढिलो पुगेपछि ११ बजेबाट सुरु भएको छ ।

व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन गर्न गठबन्धन दल सहमति नजिक पुगेका छन् । माओवादी केन्द्रको आइतबार बिहान बसेको बैठकले व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन गर्ने निर्णय गरिसकेको छ । व्याख्यात्मक टिप्पणीसहित मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित गर्ने गठबन्धनको तयारी प्रति नेकपा (माओवादी) केन्द्रका चार नेताले असहमति जनाएका छन् । बैठकमा काँग्रेसबाट प्रधानमन्त्री शेरबहादुर देउवासहित महामन्त्री गगन थापालगायत सहभागी छन् भने माओवादी अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव सहभागी छन् । 

गठबन्धनको बैठकअघि प्रधानमन्त्री देउवाले पार्टी नेताहरूसँग बालुवाटारमा आन्तरिक छलफल गरेका थिए । उक्त छलफलमा उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री समेत रहेका नेता वालकृष्ण खाँण, सूचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्की र महामन्त्री गगन थापा लगायतका नेताहरू सहभागी रहेका थिए ।

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप