आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

देउवा-ओली भेटवार्ता : दुवैका अडान यथावत

शुक्रबार, १३ फागुन २०७८, २१ : १४
शुक्रबार, १३ फागुन २०७८

प्रतिनिधि सभाको अवरोध हटाउने र एमसीसी अनुमोदन गर्ने विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीच भेटवार्ता भएको छ । अध्यक्ष ओली निवास बालकोटमा शुक्रबार राति भएको छलफलमा प्रधानमन्त्री देउवाले सवैको सहमतिमा एमसीसीलाई अनुमोदन गर्न प्रस्ताव गरेका थिए । त्यसका लागि अध्यक्ष केपी ओलीले पुरानै कुरा दोहोर्याएका थिए । ‘पहिला हामीलाई संसदमा प्रवेश गर्ने वातावरण बनाउनुस्,प्रतिनिधि सभा प्रवेश गर्ने द्वार खोजिदिनुस्’, ओलीको जवाफ उदृत गर्दै सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए । 

छलफलमा दुई नेताबीच धेरै ठुलो संघर्ष गरेर प्राप्त गरेका लोकतन्त्र, बचाउन प्रजातान्त्रिक शक्ति एक ठाउमा आउन जरुरी रहेकोमा ओलीले जोड दिएका थिए ।  त्यसक्रममा प्रधानमन्त्री ओलीले अधिकतम सहमतिका साथ एमसीसी संसदबाट अनुमोदन गरेर राष्ट्रिय महत्वका विषयमा एक ठाउँ छौ भनेर सन्देश दिन जरुरी रहेको बताएका थिए ।

प्रवक्ता कार्कीले एमसीसीको विपक्षमा एमाले उभिन नसक्ने भन्दै संसदको द्वार खोल्न आआफ्ना अडान छाडेर दुई कदम अघि बढ्नुपर्ने बताए ।  छलफलपछि एमाले नेता तथा उपमहासचिव प्रदीप ज्ञवालीले एमाले एमसीसीमा अनिर्णित नरहने तर त्यो भन्दा अघि आफुहरुले कारवाही गरेका १४ सांसदको सुचना सभामुखले टाँस गर्नुपर्ने अडान छलफलमा पनि राखेको बताए ।  'एमाले अनिर्णित रहँदैन र स्पस्ट दिशा पनि दिन्छ । तर त्यसका लागि सदनमा छलफल गर्ने वातावरण हुनुपर्यो’, ज्ञवालीको भनाइ छ ।

उनले छलफल गर्दै अघि बढ्ने सहमति भएको बताए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप