आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

गठबन्धनका बारेमा काँग्रेस गम्भीर देखियो : प्रदीप ज्ञवाली

शुक्रबार, १३ फागुन २०७८, २१ : ४३
शुक्रबार, १३ फागुन २०७८

नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सत्ताको नेतृत्व गरिरहेको दल नेपाली काँग्रेसले एमसीसी संसदबाट पारित गर्न सहयोग मागेको बताएका छन् । 

शुक्रबार साँझ बालकोटस्थित एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवासहितका कांग्रेस नेताहरुसँगको छलफलपछि सञ्चारकर्मीसँग प्रतिक्रियाँ दिँदै ज्ञवालीले आफूहरुले पूरानै कुरा राखेको बताए । एमालेलाई संसदमा बस्ने वातावरण बनाउन आफूहरुले कांग्रेससँग माग गरेको उनको भनाइ छ । 

लोकतन्त्रका लागि योगदान गरेका एमाले कांग्रेसको योगदान हिजो पनि भएको र आगामी दिनमा पनि कसरी अघि बढ्ने भन्नेबारे छलफल भएको उनले बताए । 

गठबन्धनमा समस्या देखिएको भन्दै उनले त्यसमा कांग्रेस गम्भीर देखिएको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप