प्रधानमन्त्रीलाई भेट्न बाबुराम बालुवाटारमा

जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन् । एमसीसी सम्झौता संसद्बाट पारित गर्ने विषयमा सत्ता गठबन्धनको विवाद फुट नजिक पुगेसँगै भट्टराई बालुवाटार पुगेका हुन् ।
भट्टराईकै पार्टीमा पनि एमसीसीको विषयलाई लिएर एक मत भने छैन । भट्टराई पक्ष एमसीसी पारित गर्ने पक्षमा रहेको छ भने अर्का अध्यक्ष उपेन्द्र यादव पक्ष यसको विपक्षमा रहेको छ । एमसीसीमा मत नहाल्ने हो भने सरकारमा सहभागी गठबन्धनका सहयात्रीले सरकार छाड्नुपर्ने धारणा भट्टराईले राख्दै आएका छन् ।
एमसीसीको विषयले सत्ता गठबन्धन फुटतिर गएको छ । माओवादी केन्द्र कुनैपनि हालतमा संशोधनबिना एमसीसी पास गर्न तयार नभएपछि गठबन्धन फुटतर्फ गएको हो । यद्यपि फुटको औपचारिक घोषणा भने हुन बाँकी छ । माओवादी केन्द्रका एक नेताले बिहीबार भएको नेताहरुबीचको एकपक्षीय र बहुपक्षीय छलफलपछि आ–आफ्नो बाटो लाग्ने निष्कर्षमा पुगेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘वैदेशिक रोजगारीमा रहेका नेपालीलाई नेपालमा लगानी गर्न आग्रह’
-
धुलिखेल नगरद्वारा तालिमपछि आठ सय रोजगार
-
रोकियो वर्षा, नेपाल र अफगानिस्तानबिचको खेल सुरु गर्ने तरखर (तस्बिरहरू)
-
सरकार परिवर्तन हुँदैछ भन्ने हल्लामा सत्यता छैन : गृहमन्त्री लेखक
-
रौतहटको दुई स्थानमा आगलागी, झन्डै २ करोडको क्षति
-
भिटामिन ए र जुकाको औषधि खुवाउन सुरु, तस्बिरहरू